रुपन्देहीको ओमसतिया–१, मा रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि.ले डेंगो रोग नियन्त्रण तथा रोकथाम अभियान सहयोगार्थ रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको डेंगो रोग नियन्त्रण तथा रोकथाम अभियानलाई सहयोग पुर्याउने उद्देश्यले फ्रेस ब्लड संकलनार्थ रक्तदान कार्यक्रमको आयोजना गरिएको साकोसले जनाएको छ ।
प्रत्येक चौमासिक रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको टुगा आस्थाद्वारा आयोजित यस कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको साकोसका अध्यक्ष डी.बी.थापाले जानकारी गराउनुभयो । साकोसका सल्लाहकार तारा प्रसाद छन्तेलको प्रमुख आतिथ्यतामा सुरु गरिएको कार्यक्रममा आधारभूत स्वास्थ्य चौकी तिलोत्तमा–१५ का प्रमुख (अधिकृत) गणेश गौतमले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१७ दिन अगाडि
१९ दिन अगाडि
३६ दिन अगाडि
२५ दिन अगाडि
९ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२६ दिन अगाडि
३४ दिन अगाडि