भक्तपुर जिल्ला बचत संघको अठारौं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघको अठारौं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको अठारौं बार्षिक साधारण सभा सम्पन भएको छ ।  

संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको सभाध्यक्षतामा आयोजित सभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले गर्नुभएको थियो । सभाका अतिथिहरुमा नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्ग, नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्का लगायत स्थानीय सहकारी सरोकारवाल र आवद्ध सदस्य संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

प्रमुख अतिथि महासंघका अध्यक्ष कडेलले सहकारी क्षेत्रमा जस्तो सुकै परिस्थिति आइपरेपनि समुदायमा आधारित सहकारीहरुमा तरलता संकटको अभाव नभएको बताउनुभयो । 

सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सभाको उद्घाट्न गर्दै समुदायमा आधारित सहकारी संस्थामा तरलता संकट नभएको बताउनुभयो ।  उहाँले गैर सदस्य कारोबार गर्ने र व्यावसायिक रुपमा चलेका सहकारी संस्थाहरु तरलचा संकटको चपेटामा परेको चर्चा गर्नुभयो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) की उपाध्यक्ष शान्ति अधिकारीले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. देशभरीकै उत्कृष्ट संघ रहेको बताउनुभयो । उहाँले अन्य बचत संघहरुले पनि संस्थागत सबलीकरणका लागि शुद्धीकरणलाई प्रमुखता दिनुपर्ने बताउनुभयो । बचत तथा ऋण सहकारी अभियानको समस्या समाधानको विकल्प अब बचत तथा ऋण सहकारी ऐन नै रहेकोमा उहाँले जोड दिनुभयो । 

नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्गले सहकारीमा जस्तो ठुलो संगठन नेपालमा अरु संगठन  नरहेको बताउँदै  राजनीतिक विभाजनले गर्दा सहकारी अभियान कमजोर रहेको बताउनुभयो । 

सभामा बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक केशव दंगाल, जिल्ला सहकारी संघका भक्तपुरका अध्यक्ष केदार खड्का, भक्तपुर जिल्ला बचत संघका निर्वतमान अध्यक्ष राधेश्याम सुवालले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

अभाध्यक्ष कृष्ण गोविन्द लाखाजुले हालको सहकारीको विकृतीमा राज्यले ध्यान नदिएको अवस्थामा प्रारम्भिक संस्थाहरुले सहकारी अभियानको भुमिका खोजेको  बताउनुभयो ।  सहकारी ऐन कानुन अन्तर्गत मात्र सहकारी संचालन भएको भए हालको समस्या नै नआउने प्रष्ट पार्दै सहकारी ऐन कानुनको परिपालना गर्न र गराउन सम्बद्ध पक्षहरु लाग्नुपर्ने तर्फ उहाँले जोड दिनुभएको थियो ।  

सभाको मुख्य सत्रमा संघका सचिव जगनाथ प्रजापतिले संघको आ.व. २०७८।७९ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांष प्रस्ताव र संरक्षित पँुजी फिर्ता दिने प्रस्ताव पेश गर्नुभएको थियो । संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०७८।७९ को वित्तीय प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । सभाबाट आ.व.२०७८।७९ मा १ अर्व ६९ करोड ४९ लाख ३६ हजारको वासलात र २ करोड ७० लाख ६९ हजारको नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित गरियो । साथै आगामी आ.व.२०७९।८० मा संघको वासलात १ अर्व ८६ करोड ६१ लाख ५४ हजारको बजेट पारित गरेको छ । 

संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुण्द उपाध्यायले आ.व.२०७८।७९ को लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो । 
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि लघु व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि लघु व्यवसाय खेल तालिम सञ्चालन

२० घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि लघु व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि लघु व्यवसाय खेल तालिम सञ्चालन

२० घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप