सदस्यहरूमा सहकारीप्रतिको विश्वास कायम गराउन जुटौं : रजिष्ट्रार पण्डित 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यहरूमा सहकारीप्रतिको विश्वास कायम गराउन जुटौं : रजिष्ट्रार पण्डित 

नेफ्स्कूनको बागमती प्रदेशस्तरीय बिस्तारित मञ्च सम्पन्न 

काठमाडौं । नेफ्स्कूनको आसन्न ३१औं बार्षिक साधारणसभाका अवसरमा मंसिर १६ देखि सुरु भएको प्रदेशस्तरीय बिस्तारित मञ्च अन्तर्गत आज बागमती प्रदेश स्तरीय विस्तारित मञ्च काठमाडौंमा सम्पन्न भएको छ । प्रभावकारी सञ्जाल र जिम्मेवार सदस्यका लागि विस्तारित मञ्च कार्यक्रमको उद्घाटन सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले गर्नुभएको थियो । संघले यसअघि ६ वटै प्रदेशहरुमा विस्तारित मञ्चका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । संघको ३१औं बार्षिक साधारणसभा पौष ८ गते काठमाडौंमा हुँदैछ । 

कार्यक्रम उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि रजिष्ट्रारा पण्डितले सहकारीका सदस्यहरुमा विश्वासको संकट पैदा हुनुले सहकारीमा समस्या देखिएको वताउनुभयो । उहाँले सहकारीमा जस्तो संरक्षित पुँजी फिर्ता कोषको व्यवस्था अन्यत्र कहाँ छ ? त्यो कुरा र त्यसको महत्व साथै सुख दुःखको सारथी रहेको सहकारीप्रति सदस्यको विश्वास कायम गर्न सबै एकजुट भएर लाग्न अनुरोध गर्नुभयो । उहाँले बैकबाट प्राप्त गर्ने लाभ र सहकारीबाट प्राप्त गर्ने लाभमा धेरै फरक रहेको बताउँदै सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरुले कहाँ के कमजोरी छन्, त्यसलाई सच्याएर पुनरावलोकन गर्ने समय आएको स्पष्ट पार्नुभयो । 

रजिष्ट्रार पण्डितले सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ ले व्यवस्था गरेका कानुनी तथा संरचनागत विषयहरुको कार्यान्वयन गर्न सक्यौं भने मात्र सहकारी क्षेत्रलाई चलायमान र गतिशिल बनाउन सकिने भन्दै विभाग त्यसैमा लागि परेको चर्चा गर्नुभयो । उहाँले सहकारी क्षेत्रमा अति आवश्यक कर्जा असुली न्यायाधिकरण गठन अन्तिम चरणमा पुगेको, कर्जा सूचना केन्द्र तालुकदार मन्त्रालयमा पुगेको र बचत तथा कर्जा संरक्षण कोष स्थापनाको विषयमा पनि मन्त्रालयमा बारम्बार छलफल भइरहेको समेत जानकारी गराउनुभयो । रजिष्ट्रार पण्डितले अहिले सहकारी क्षेत्रमा जे जति रोग र रोगका लक्षणहरु देखिएका छन्, ति सबैनै सहकारीको पुँजी अनुत्पादक क्षेत्रमा लगानी भएका कारण देखिएको भन्दै सहकारीको लगानी उत्पादनमूलक क्षेत्रमा परिचालित हुनुपर्नेमा जोड दिनुभयो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले विश्वव्यापी घटनाक्रमले सहकारी अभियानमा प्रत्यक्ष असर परेको र आगामी दिनहरु थप चुनौतीपूर्ण हुनसक्ने तर्फ संकेत गर्दै सहकारी क्षेत्र सचेत र सजग रहेर अगाडि बढ्न अनुरोध गर्नुभयो । उहाँले केही दिनअघि भारतको उडिसामा उच्च वौद्धिक व्यक्तिहरुसँग भएको छलफलका विषयहरुलाई उधृत गर्दै कोभिडको समस्या र त्यसयता उत्पन्न परिस्थिति हाम्रो लागि निकै चुनौती बनेको धारणा व्यक्त गर्नुभयो । सहकारी अभियानले चुनौतिका बीच सम्भावनाको खोजी गर्ने भएकोले नै नेफ्स्कूनले सातै प्रदेशबाट नीति, कार्यक्रम योजना, महासचिवको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन आदि विषयमा ‘रुट’ तहसम्म गएर प्रर्याप्त सुझावहरु संकलन गरेको र अभियानमा यसले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउनुभयो । साकोस अभियान सुदृढीकरणका दुई विषय स्तरीकरण र स्थिरीकरण कोष हुन्, कोष सञ्चालनका लागि रजिष्ट्रारको महत्वूर्ण साथ सहयोगले मात्रै सम्भव भएको उहाँले बताउनुभयो । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल नेफ्स्कूनको प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले प्रस्तावित नीति कार्यक्रममा पृष्ठपोषण संकलन गर्ने तथा संघले गरेका कार्यक्रम तथा बहसपैरवीबारे जानकारी गराउने उद्देश्यले देशव्यापी विस्तारित मञ्च आयोजना गरिएको जानकारी गराउनुभयो । उहाँले विस्तारित मञ्चको कार्यक्रम सदस्यहरुको बैचारिक संयोग रहेको भन्दै विस्तारित मञ्चको नीतिगत व्यवस्थाबारे प्रष्ट पार्नुभयो । सदस्य केन्द्रीयतामा सदस्य उपस्थिति र परामर्शका कार्यक्रमहरु, संस्थाले प्रदान गरेका सेवाहरुप्रति सदस्यलाई जिम्मेवार बनाउनका लागि संस्थापकीय सरोकार, सञ्चालकीय सक्रियता र संरक्षकीय सम्बन्धबारे जानकारी गराउनुभयो । 

नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सल्लाहकार ऋषिराज घिमिरेले विश्व अभ्यासमा रहेको क्रेडिट यूनियन ऐक्ट हामीलाई चाहियो भन्ने कुरा अब दवायर र विस्तारै हैन बुलन्दका साथ आवाज उठाउन अभियालाई अनुरोध गर्नुभयो । बचत तथा ऋण सहकारी अभियान संरक्षणका लागि क्रेडिट यूनियन ऐक्टको विकल्प नभएको भन्दै साकोसका सदस्यहरुले ऐक्यबद्ध आवाजका साथ संघलाई झक्झक्याउन आग्रह गर्नुभयो । उहाँले सहकारी अभियान राम्रो छ, केवल यसलाई राजनीतिकरणबाट बाहिर राख्न र शुद्धीकरण गर्न आवश्यक रहेको भन्दै त्यसका लागि शुभकामना व्यक्त गर्नुभयो । 


  
विस्तारित मञ्चको खुला सत्रमा सहभागीहरुले राख्नुभएका जिज्ञासाहरुलाई सम्बोधन गर्दै नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले नेफ्स्कूनको वर्तमान नेतृत्वले हरेक एजेण्डा भन्दा अगाडि वित्तीय सहकारी ऐन नेपालमा लागु गराउने र बचत ऋण सहकारी संस्थाहरुको छुट्टै पहिचान, सञ्चालन विधि र विश्वाव्यापी अभ्यासहरुलाई अंगिकार गरेर नेपालको वित्तीय सहकारी अभियानलाई जोखिम रहित बनाउने अभियानमा नेफ्स्कून निरन्तर अगाडि बढिरहेको र त्यसका लागि सदस्य संघ संस्थाहरुको साथ सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक एव राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बी. उप्रेतिले सहकारी अभियानप्रति सदस्यहरुको अपेक्षा धेरै रहेको छ, त्यसका लागि सबै मिलेर सहकारी शुद्धीकरणमा लाग्न आवश्यक रहेको बताउनुभयो । सर्वप्रथम सहकारीका सञ्चालक सुध्रिनुपर्ने, कर्मचारी सुध्रिनुपर्ने, उठ्न बाँकी रहेको ऋण उठाउन सबैले पहल गर्नुपर्ने र आ आफ्नो ठाउँबाट सबैजना आफु आफु सुध्रँदै जाने हो भने सहकारीमा कुनै समस्या नहरेको अध्यक्ष उप्रेतीले स्पष्ट पार्नुभयो । सहकारी संघ संस्था र  सदस्यहरुले पनि विभाग, महासंघ र केन्द्रीय संघहरुले समय समयमा जारी गरेका निर्देशनहरु पालना गर्दै सुशासित र समुदायमा आधारित सहकारी निर्माणमा जोड दिन अनुरोध गर्नुभयो ।  

राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाईंले सहकारीमा सन्दर्भ व्याजदर पुनरावलोकन नहुँदा समस्या भएको र महासंघले त्यसका लागि निरन्तर लविइङ गरिरहेको बताउनुभयो । उहाँले सहकारी क्षेत्रमा विश्वासको संकट पैदा भएको उल्लेख गर्दै अनलाईन समाचारका पछि लागेर सत्य तथ्य र वास्तविकता नवुझिकन नकारात्मक धारणा निर्माण गर्दा सहकारी क्षेत्रप्रति गलत बुझाई विकास भएको उल्लेख गर्नुभयो ।  

कार्यक्रम सञ्चालन नेफ्स्कूनका सञ्चालक जिवसराज खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै उपाध्यक्ष अधिकारीले नेफ्स्कूनको आगामी रणनीति तय गर्नका लागि सातै प्रदेशमा विस्तारित मञ्चका कार्यक्रम आयोजना गरिएको र सदस्यबाट प्राप्त सुझावहरुलाई ग्रहण गर्दै साधारणसभा मार्फत नीति निर्माणको चरणमा पुगिने बताउनुभयो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप