सुदूरपश्चिमको मोहना लालझाडी साकोसको १७औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूरपश्चिमको मोहना लालझाडी साकोसको १७औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सुदूरपश्चिम, कञ्चनपुरको पुनर्वास नगरपालिका १०, भिमवस्ती मा रहेको मोहना लालझाडी बचत तथा ऋण सहकारी संस्थाको १७औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । 
साधारणसभाले प्रेमलता देवी गौतमको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

नव गठित समितिको उपाध्यक्षमा दुर्गा कुंवर, कोषाध्यक्षमा रामदुलारी राना, सचिव भरत बहादुर चन्द र सदस्यहरूमा भिम कुमारी मगर, राम कुमारी राना, रामेस्वरी राना, तिल बहादुर बिक, सुकमान सुनार निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सभाले रामचन्द्र भट्टराईको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ । लेखा समितिको सदस्यमा रामबहादुर थापा र शान्तिदेवी सुनार चयन हुनुभएको छ । 

साधारणसभामा लेखा संयोजक रामचन्द्र भट्टराईले आर्थिक बर्ष ७८/७९ को कुल ६ करोड ८२ लाख ५९ हजार ६१४ रूपैया बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष प्रेमलता गौतमले प्रस्तुत गर्नुभएको थियो । २०६३ चैत १४ गते स्थापना भएको सहकारीमा हाल ३९ वटा समूह र २ हजार ७४३ जना सेयर सदस्य रहेकोमा १ हजार ७६६ महिला सेयर सदस्य तथा ९७७ पुरूष सदस्य रहेको अध्यक्ष गौतमले बार्षिक प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो ।

सहकारीलाई राज्यले अर्थतन्त्रको एक खम्बाको रुपमा अंगिकार गरेको हुदाँ आज देशमा सहकारीको ठूलो महत्व रहेकोछ मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था शुरु गर्दाको समयमा हाम्रो यस क्षेत्रमा वित्तीय कारोवार गर्न बैंकहरु नभएकाले यस साविक बाईसी चिचवामा न्यून आय भएका परिवारका सदस्यहरुले सानो सानो बचतबाट आफ्नो आर्थिकस्तरमा उन्नति गर्नुका साथै सहकारी तथा आवश्यक आर्थिक साक्षरताको अभ्यास र विकास गर्न मोहना लालझाडी बचत तथा ऋण सहकारी संस्थालाई संस्थागत गर्दै आएको अध्यक्ष को प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

साधारणसभाका प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक माधव प्रसाद जोशीले मोहना लालझाडी सहकारीले गर्दै आएको प्रगतिको सकारात्मक चर्चा गर्दै सहकारीलाई आवश्यक पर्ने सहयोग प्रदान गर्न आफुले पहल गर्ने बताउनुभयो । सहकारी सिद्धान्तका बिषयमा सेयर सदस्य एबं सहकारीकर्मीलाई शिक्षा दिनुपर्ने कुरामा प्रमुख अतिथि जोशीले जोड दिनुभएको थियो ।

कार्यक्रममा विशिष्ठ अतिथि पुनर्वास नगरपालिका नगर उप प्रमुख भुलिया कुमारी रानाले सहकारी सँग सम्बन्धित जे जस्तो समस्या रहे पनि स्थानीय सरकारलाई जानकारी दिन आग्रह गर्दै स्थानीय सरकार प्रमुख र स्वयं आफुलाई घचघच्याउनुहुन सुझाव दिनुभएको थियो । सहकारीले सर्वसाधारण जनतालाई आर्थिक, सामाजिक रूपमा सहज बनाउने कार्य गरेकोमा सहकारीलाई धन्यवाद दिंदै सहकारी विकासका लागि हामी सदैब सहयोग गर्न तयार छा, उप प्रमुख रानाले आफ्नो भनाइ राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष दुर्गा कुंवरले स्वागत मन्तव्य राख्नुभएको थियोे भने कार्यक्रम को सञ्चालन व्यवस्थापक रमेशकुमार रानाले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप