किसान साकोसको २७औं वार्षिक साधारणसभा सम्पन्नः फोटो फिचर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान साकोसको २७औं वार्षिक साधारणसभा सम्पन्नः फोटो फिचर

नवलपुर (गैंडाकोट) । किसान बचत तथा ऋण सहकारी संस्था लि. को २७औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साकोसका अध्यक्ष श्रीहरि चालिसेको सभाध्यक्षता र नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन भएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष एवं संस्थाका पूर्व अध्यक्ष तिलक प्रसाद पराजुली, निवर्तमान अध्यक्ष गोपाल प्रसाद गौतम, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक चिन्तामणी कंडेल, संस्थाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद शर्मा, संस्थाका सल्लाहकार संयोजक तथा पूर्व अध्यक्ष माधव प्रसाद गौतमको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा निर्वाचन उपसमिति संयोजक रमेश काफ्ले, निर्वाचन उपसमिति सदस्य, पूर्व कोषाध्यक्ष एवं गैंडाकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष प्रेम सापकोटा, निर्वाचन उपसमिति सदस्य, पूर्व कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली र विभिन्न संघ (संस्थाका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि र समिति सदस्यहरु, सेवाकेन्द्र संयोजकहरु लगायत उपसमितिहरुको आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो ।

संस्थाका उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै किसान साकोस सहकारी सिद्धान्त, मूल्य मान्यतामा आधारित उत्कृष्ठ संस्था रहेको बताउनुभयो । किसान साकोसको चालू आर्थिक वर्षको कुल सम्पत्ती ३ अर्ब ४४ करोड ७९ लाख ५६ हजार ८ सय ४९ रूपैयाँ, सेयर पुँजी ३५ करोड १५ लाख ६६ हजार ८ सय रुपैयाँ रहेको बताए । चालु आर्थिक वर्षमा ४४ करोड ८० लाख पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रीहरि चालिसेले एकाई साधारण सभाबाट प्रतिनिधिको रुपमा चयन भई आएका ५७ जना प्रतिनिधिहरुलाई माईन्यूटमा लेखिएका निर्णयहरु निर्णायार्थ पेश गरि दस्तखतको लागि आह्वान गर्नुभएको थियो भने सदस्यहरुबाट आएका सुझावहरुलाई क्रमश सुधार गर्दै लैजाने बताउनुभएको थियो ।

यसै बीच २७औं वार्षिक साधारणसभाले संस्थामा रिक्त रहेको सचिव पदमा सरस्वती कंडेल, कोषाध्यक्षमा राजेन्द्र गौतम, सह–सचिवमा दुर्गा प्रसाद चालिसे, सदस्यमा नवराज सापकोटा र दुर्गादेवी कंडेल सापकोटालाई सपथ ग्रहण तथा प्रमाणपत्र प्रदान गरेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप