जनउत्थान साकोसको आयोजनामा लैगिक हिंसा न्यूनिकरण तथा नेतृत्व विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनउत्थान साकोसको आयोजनामा लैगिक हिंसा न्यूनिकरण तथा नेतृत्व विकास तालिम सञ्चालन

काठमाडौं । आज डिसेम्बर १० । लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिनका अवसरमा रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.साकोसका सञ्चालक समिति, लेखा समिति र उपसमितिमा रहेका महिलाहरुका लागि लैंगिक हिंसा न्यूनिकरण र नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । 

कार्यक्रम साकोसकी अध्यक्ष ज्ञानु पौडयालको अध्यक्ष्यता र तुलसीपुर उच्च अदालत बुटवल इजलासका माननिय न्यायाधीश सरला कुमारी पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम सहजीकरण महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय महाशाखा प्रमुख सारदा बश्याल र अध्यक्ष ज्ञानु पौड्यालले गर्नु भएको थियो ।

कार्यक्रममा तुलसीपुर उच्च अदालत बुटवल इजलासका माननीय न्यायाधीश सरला कुमारी पाण्डेले पछिल्लो समय श्रीमान श्रीमतिको सम्बन्ध विच्छेद बढिरहेको र यसले समाजमा नराम्रो प्रभाव पारिरहेको बताउनु भयो । उहाँले पछिल्लो समय झनै लैगिक हिंसा र बलात्कारका घटनाहरु बढिरहेको बताउनु भयो । सहकारीको नेतृत्व तहमा रहेका महिलाहरुले हरेक क्षेत्रमा महत्वूर्ण भुमिका खेल्नेहुँदा हिंसा न्यूनिकरण गर्न सहकारीको सञ्जाल लाग्नुपर्ने उहाँले बताउनु भयो । महिला नेतृत्वद्वारा सञ्चालित जनउत्थान बचत तथा ऋण सहकारी संस्था देशकै उत्कृष्ठ र एशियामै सफल सहकारीको रुपमा परिचित हुनुले निकै गर्व महसुस भएको बताउनुभयो । 

तालिममा ३६ जना महिलाहरुको सहभागिता रहेको थियो । 

प्रत्येक बर्ष २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म लैंगिक हिंसा विरुद्धको दिवसको रुपमा मनाइने १६ दिने अभियानको यस वर्षको राष्ट्रिय नारा सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान रहेको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप