सबैको साकोस रुपन्देहीको एकीकरण पछिको प्रथम ऐतिहासिक वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सबैको साकोस रुपन्देहीको एकीकरण पछिको प्रथम ऐतिहासिक वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सबैको बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्रामको एकीकरण पछिको प्रथम ऐतिहासिक वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिका भित्र रहेका ११ वटा सहकारी संस्थाहरु एकिकरण गरी सबैको बचत तथा ऋण सहकारी संस्थाको नामाकरण गरीएको थियो ।

साकोसका अध्यक्ष भरत राज भूसालको अध्यक्षता तथा संस्थाका सल्लाहकार  एवम् राष्ट्रिय सभाका माननिय सदस्य गोपाल भट्टराईको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन भएको थियो । 

सदस्यहरुलाई केन्द्रमा राखेर कारोबार गरी अब सदस्यहरुलाई बचत र ऋण भन्दा पनि व्यवसायिकता सिर्जना गर्ने तर्फ अगाडि बढ्नका लागि मानननीय भट्टराईले शुभकामना व्यक्त गर्नु भएको थियो । संस्थाले अगाडि सारेको व्यवसायिक रणनैतीक योजनाले सदस्यहरुलाई व्यवसायिकतामा जोड दिएको र उक्त लक्ष्य हाँसिल गर्नका लागि संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार तथा व्यवस्थापनको मेहनतले नै लक्ष्य हाँसिल गर्न सकिने कुरामा जोड दिनु भएको थियो ।

सभामा माननिय गोपाल भट्टराईले दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो भने लुम्बिनी विशिष्टीकृत सहकारी संघ रुपन्देहीका सञ्चालक सदस्य राजेन्द्र प्रसाद सुवेदी, राष्ट्रिय सहकारी र्बैक शाखा कार्यालय ड्राइभर टोल शाखा प्रमुख यशोदा पौडेल लगायत सहभागी अतिथीहरुले शुभ कामना व्यक्त गर्नु भएको थियो ।

गत आ.व. २०७८।०७९ को निति कार्यक्रम तथा आगामी वर्षको प्रस्तावित कार्यक्रम संस्थाका सचिव देवानन्द पाण्डेयले प्रस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष मीरा वश्याल पाण्डे शर्माले प्रगती प्रतीवेदन सहित आ.व. २०७९।०८० को वासलात सहित आम्दानी तथा खर्चको प्रस्तावित बजेट पेश गर्नु भएको थियो । संस्थाको रणनैतिक योजना को सार संक्षेप ब्यवस्थापक हरिहर पौडेलले पेश गर्नु भएको थियो ।

साधारण सभामा सञ्चालक डा. मुरारिप्रसाद पराजुलीले प्रस्तावित १० वटा कार्यविधिहरु पेश गनुर्् भएको थियो । प्रस्तुत प्रतिवेदनहरुमा सदस्यहरुले राखेका जिज्ञासाको अध्यक्ष भरतराज भूसालले  जवाफ दिनु भएको थियो ।

संस्थाका लेखा संयोजक हरि प्रसाद न्यौपानेले संस्थालाई दिगो वित्तिय संस्था बनाई राख्नका लागि सकारात्मक सुझाव दिनु भएको थियो ।

ब्यवस्थित सहकारी : स्तरीय सेवा, ध्येय राखेको सहकारी गतबर्ष नेफ्स्कूनबाट एकिकरण बिधामा उत्कृष्ट सहकारी सम्मान प्राप्त सबैको सहकारीले आगामी बर्ष पनि एकिकरण अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । उक्त सभामा दुर्घटनामा परि मृत्यु भएका स्व.चुरामणि उपाध्यायको हकवालालाई बिमा रकम रु. १ लाख ५० हजार समेत हस्तान्तरण गरिएको थियो ।

गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिका भित्र रहेका ११ वटा सहकारी संस्थाहरु एकिकरण गरी सबैको बचत तथा ऋण सहकारी ंसंस्थाको नामाकरण गरीएको थियो । एकिकरण अभियानमा अगाडि रहेको यस संस्थामा हाल ५ हजार ८६३ सदस्य रहेका छन् भने एक अरबको बासलात रहेको छ । कार्यक्रम संस्थाका सचिव देवानन्द पाण्डेयले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष चुरामणि पाण्डेयले गर्नुभएको थियो ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप