सहकारी सचिव डा.रेग्मीलाई नेफ्स्कूनमा स्वागत 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सचिव डा.रेग्मीलाई नेफ्स्कूनमा स्वागत 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीलाई नेफ्स्कूनले आज एक संक्षिप्त कार्यक्रमका बीच स्वागत गरेको छ । सहकारी सचिव रेग्मी र सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, पदाधिकारी, सञ्चालक र उच्च व्यवस्थापन टीमले सहकारी अभियानको तर्फबाट नेफ्स्कूनमा स्वागत गर्नुभएको हो । 

स्वागत कार्यक्रममा आफ्ना भनाईहरु राख्दै सचिव डा. रेग्मीले सहकारीको संरचना बलियो बन्न नसक्नु र परिपक्क कानुन अभावका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्वीकानुपर्ने बताउनुभयो । हाम्रो शासन प्रणाली पनि नकारात्मक कुरालाई बढी उजागर गर्नेतर्फ केन्द्रीत रहेकोतर्फ इंगित गर्दै बोरामा भएको आलु दुई चारवटा कुहिएका हुन सक्छन, त्यसलाई लिएर पुरै आलु खराब छन् भन्ने प्रवृत्ति त्याग्नुपर्छ, उहाँले भन्नुभयो, “सहकारीमा पनि त्यही देखिएको छ, यसले राम्रा राम्रै छन् त्यति असर गरेको छैन, एभरेजमा रहेका धेरै सहकारीलाई समस्या परेको छ ।” सहकारीले पनि आफ्ना मूल्य, मान्यतालाई स्थापित गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । सहकारी नाफा सँगसँगै संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्न के कति सक्षम भएका छन्, त्यो स्व मूल्यांकन गर्ने समय भएको छ, उहाँले भन्नुभयो । 

सहकारी अझ बचत तथा ऋण सहकारीमा कहाँनेर के समस्या छन्, त्यसको पहिचान गर्न नेफ्स्कूनको साथ सहयोग आवश्यक छ । सहकारीलाई दह्रो बनाउने सबालमा मन्त्रालय हरक्षण अभियानसँग सकारात्मक साथ, सहयोग र समर्थनका लागि ऐक्यबद्धताका साथ काम गर्न तयार रहेको सचिव रेग्मीले बताउनुभयो ।  

विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले नेफ्स्कूनको आयोजनामा गत जेठमा सम्पन्न साकोस शिखर गोष्ठी लगत्तै बचत तथा ऋण सहकारी अभियानका विद्यमान समस्या समाधानका लागि प्राविधिक छलफल, विचार र वहशहरु साथै राष्ट्रिय अन्तर्राष्ट्रिय असल अभ्यास आदान प्रदानका विषयलाई समेटेर सहकारी क्षेत्रको उन्नयन र विकासका लागि विभाग दत्तचित्त लागिपरेको बताउनुभयो । नेपालको सहकारी अभियानमा बचत तथा ऋण केन्द्रीय सहकारी संघको भूमिका अत्यन्त महत्वपूर्ण रहेको जानकारी नवनियुक्त सचिवज्यूलाई गराई सरकार र अभियानको सौहार्दपूर्ण वातावरणलाई अगाडि बढाउने प्रयास स्वरुप संघको अवलोकन गरिएको प्रष्ट पार्नुभयो । सहकारी क्षेत्रलाई उचाइमा पुर्याउन र सहकारीका सकारात्मक कार्यमा विभाग र मन्त्रालय निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बचनबद्धता रजिष्ट्रार पण्डितले व्यक्त गर्नुभयो ।  

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारीको दिगो संस्थागत विकास, संरक्षण  र प्रोत्साहनका लागि विभाग र मन्त्रालयमार्फत उचित संम्बोधनको अपेक्षा अभियानको तर्फबाट रहेको स्पष्ट पार्नुभयो । उहाँले साकोसको संस्थागत सुदृढीकरणका लागि नेफ्स्कूनले सञ्चालन गरिरहेको स्तरीकरण कार्यक्रम र साकोस सुरक्षा कवचको रुपमा सञ्चालनमा रहेको स्थिरीकरण कोषबारे जानकारी गराउँदैे स्तरीकरण मापदण्ड पुष्टी गर्न र साकोसको गुणस्तरीय सेवा प्रमाणीकरणका लागि विभागको पूर्ण साथसहयोगको अपेक्षा रहेको बताउनुभयो । विभागका रजिष्ट्रारज्यूले वहन गर्नुभएको अभिभावकत्वप्रति नेफ्स्कूनका अध्यक्ष पौड्यालले हार्दिक अभार प्रकट गर्नुभएको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले सहकारीका समसामयिक समस्या समाधानको निम्ति सहकारी विभाग, मन्त्रालय र अभियान एकसाथ जुटेर सहकारी क्षेत्र सुधारका लागि सहकार्य गर्ने बातावरण निर्माण हुनेमा आशावादी रहेको बताउनुभयो । 

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले संघको वस्तुस्थिति, वित्तीय सहकारी ऐनको आवश्यकता, वित्तीय कारोबार, पहुँच विस्तार, सदस्य सम्बन्ध, गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु, स्थिरीकरण कोष, अन्तर्राष्ट्रिय सम्बन्ध आदि बारे प्रस्तुतीकरण गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप