राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘केवी’ लोकार्पण  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘केवी’ लोकार्पण  

काठमाडौं । सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई,  बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घले तथा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।

पुस्तकमा उप्रेतीको जीवनको आरोह अवरोह, सहकारी र निजी जीवनका प्रेरणादायी घटनाहरुका साथै सहकारी क्षेत्र सम्वद्ध व्यक्तिहरुको उनीसँगको अनुभव समेटिएको छ । २०५२ सालदेखि सहकारी क्षेत्रमा अनवरत संलग्न उप्रेती प्रारम्भिक संस्था, जिल्ला सहकारी संघ हुँदै सहकारी बैंकको अध्यक्ष बन्नुभएको छ भने राष्ट्रिय सहकारी महासंघको समेत सञ्चालक हुनुहुन्छ । पत्रकार पुरुषोत्तम दाहालले आत्मकथाको समिक्षा गर्नुभएको थियो । उहाँले उप्रेतीको आत्मकथामा इमान्दारिता देखिएको चर्चा गर्नुभयो । दाहालले पुस्तक सहकारीकर्मी र अन्य क्षेत्रमा लाग्नेहरुका लागि पनि प्रेरणा बन्ने बताउनुभयो ।

मुखियाको परिवारमा जन्मेर पनि उप्रेतीले जीवनमा गरेका संघर्ष धेरैका लागि अनुकरणीय हुन सक्छन्, दाहालले भन्नुभयो, ‘जीवनका विभिन्न क्षेत्रमा कसरी लागियो, कहा कस्तो संघर्ष भयो, विशेष गरी सहकारी क्षेत्रको योगदान, स्मरण र भूमिकालाई प्राथमिकता दिइएको छ ।’

पुस्तक लोकार्पण कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व मन्त्री लिलामणी पोखरेल, नेकपा एमालेका पोलिटव्यूरो सदस्य, सहकारी तथा गरिवी निवारण विभागका प्रमुख कलम चौलागाई, राष्ट्रिय सहकारी बैंकका सल्लाहकार राधा घले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

पुस्तकका लेखक उप्रेतीले सहकारी अभियान लगायत जीवनका उकाली ओरालीहरुको संगमका रुपमा आत्मकथालाई लिएको बताउनुभयो । उहाँले आफ्नो जीवनमा घटेका घट्ना, गरेका काम र अनुभवका बारेमा आफुले बोलेको र पत्रकार खिलानाथ दाहाल र काजी श्रेष्ठले पुस्तकलाई लिपीवद्ध गरेको जानकारी गराउनुभयो ।

पुस्तको पहिलो खण्डमा उप्रेतीको व्यक्तिगत जीवनका बारेमा लेखिएको छ । गाउँबाट आएको कृष्ण काजी हुदै एसएलसीमा सहभागी, स्ववियू सभापति देखि दुई सन्तानको पितासम्म उल्लेख गरिएको छ । यही खण्डमा राजनीति देखि पत्रकारिता जोडिएको छ भने दोस्रो खण्डमा सहकारी खण्ड भनेर २५ वटा विषय उल्लेख गरिएको छ । अन्तिम खण्डमा केबी उप्रेती पात्र एक, प्रसंग अनेक भन्दै केबी उप्रेतीका बारेमा २२ जना सहकारी अभियन्ताहरुको धारणा समेटिएको छ । पुस्तक नेचुरल मिडिया प्रा.लि. र ग्रुप अफ वर्तमान मिडिया प्रा.लि.ले प्रकाशन गरेका हुन् ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप