कास्कूनको १९औं वार्षिक साधारणसभा, सहकारीमा योगदान गर्ने संस्था तथा व्यक्तिलाई सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कूनको १९औं वार्षिक साधारणसभा, सहकारीमा योगदान गर्ने संस्था तथा व्यक्तिलाई सम्मान

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. ( कास्कून )को १९औं वार्षिक साधाणसभा सम्पन्न भएको छ । कास्कूनका अध्यक्ष दिपक पनेरुको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको विशिष्ट आतिथ्यता तथा सहकारी महासंघका सञ्चालक डिबी बस्नेत, टेकप्रसाद चौलागाई, बागमती प्रदेश सहकारी संंघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून )का अध्यक्ष उद्धव सापकोटा लगायत जिल्ला संघ तथा विषयगत संघका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

सभामा सचिव सालिकराम पुडासैनीले आ. ब. २०७८ । ०७९ को प्रगति प्रतिवेदन तथा आ.ब. ०७९ । ८०को प्रस्तावित निति तथा कार्यक्रम  प्रस्तुत गर्नुभएको थियो । संघले गत बर्ष ९१ संस्थालाई सदस्यता प्रदान, विभिन्न तालिम तथा गोष्ठी, सदस्य शिक्षा र अवलोकन भ्रमण जस्ता कार्यक्रम गरिएको उहाँदे सभामा जानकारी गराउनुभयो । संस्थाको कोषाध्यक्ष निरञ्जन सेढाईले आ. ब. २०७८ । ०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै असहज अवस्थामा समेत संघले तरलता व्यवस्थापनमा सदस्य संस्थाहरुलाई सरल र सहज ढगंले ऋण प्रवाह गरी तरलता व्यवस्थापनमा संघाउदै आएको बताउनुभयो ।

संघले गत असार मसान्तसम्म ७ करोड ८३ लाख शेयर पुँजी, २ करोड ५१ लाख जगेडा कोष, १ करोड ८९ लाख अन्य कोष, ९० करोड ७० लाख बचत र ६५ करोड ९१ लाख ऋण लगानी गरेको छ । संघले गत आ.ब.को तुलनामा ४७.३२ प्रतिशतले नाफामा वृद्धि गरी २ करोड २१ लाख खुद नाफा आर्जन गरेको छ । संघले गत बर्षको नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभामा लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक सुवासचन्द्र घिमिरले समितिको प्रतिवेदन प्रस्तुत गर्दैै ऋण लगानीको सदुपयोगिता जाँच गर्ने व्यवस्था मिलाउन तथा धितो राखेर ऋण प्रवाह भएका  धितोहरुको समयमै वीमा अधावधिक गर्न सुझाव दिनुभएको थियो । सभामा उपाध्यक्ष नवराज अर्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने संस्थाका सचिव सालिकराम पुडासैनीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सभामा विभिन्न विधामा उत्कृष्ट हुने व्यक्ति तथा संस्थालाई सम्मान  गरिएको थियो ।  उत्कृष्ट साकोस सम्मान २०७९ बाट नयाँपार्टी साकोस, उत्कृष्ट ऋण कारोवार सम्मानबाट अपेक्षा साकोस, अधिक शेयर कारोवारबाट पोटेनसियल साकोस र अधिक बचत कारोवारबाट एकता साकोस सम्मानित भएका छन् । त्यसैगरी कास्कून बर्ष व्यति सम्मानबाट कास्कूनका पुर्व अध्यक्ष शम्भुप्रसाद घिमिरे, कास्कून अभियन्ता सम्मानबाट राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी  उप्रेती र कास्कून  पत्रकारिता पुरस्कारबाट कृष्णचन्द्र बस्नेत सम्मानित हुनुभएको थियो  । त्यसैगरी कर्मचारी मध्येबाट  कास्कूनका व्यवसाय साहयक विश्वास पौडेललाई सम्मान गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप