विन्धवासिनी साकोसको ३०औं स्थापना दिवस, नवनिर्मित बहुउद्देश्यीय भवन उद्घाटन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विन्धवासिनी साकोसको ३०औं स्थापना दिवस, नवनिर्मित बहुउद्देश्यीय भवन उद्घाटन

काभ्रेपलाञ्चोक । बनेपामा मुख्य कार्यालय रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले आइतबार ३० औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । स्थापना दिवसका अवसरमा साकोसले निर्माण गरेको नवनिर्मित बहुउद्देश्यीय भवनको समेत उद्घाटन गरेको छ । 

साकोसका अध्यक्ष शान्त कुमार श्रेष्ठको  सभापतित्व एवं  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र  कुमार राईको  प्रमुख आतिथ्यतामा नवनिर्मित भवनको उद्घाटन गरिएको थियो ।

संस्थाले ३०.५ आना क्षेत्रफलमा बहुउदेश्यीय भवन निमार्ण गरेको हो । झन्डै १० करोड लागतमा निमार्ण गरिएको उक्त भवनबाट सदस्यहरुलाई वितीय लगायत अन्य सेवा प्रदान गर्ने लक्ष्य संस्थाको छ । संस्थाले २ वटा भवन निमार्ण गरेको हो । ब्लक ‘ए’ मा संस्थाको मुख्य भवन रहेको छ । उक्त भवनमा अन्डरग्राउन्ड सहित ६० टन क्षमताको कोल्डस्टोर रहेको छ  ।

त्यसैगरी भवनको पहिलो तल्लामा सदस्यहरुका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन मिनी मार्ट सञ्चालन गर्ने योजना साकोसको रहेको छ । दोस्रो तलामा बनेपा सेवा कार्यालय र बाँकी २ तलामा कर्पोरेट कार्यालयका साथै अन्तिम तल्लामा  आवासीय तालिम कक्षा सञ्चा गर्ने भएको छ ।

संस्थाले निमार्ण गरेको व्लक बी भवनमा सदस्यले उत्पादन गरेको कृषि उपज संकलन, ग्रेडिङ तथा प्याकेजिङका साथै बिक्री बितरण गर्ने जनाएको छ भने माथिल्लो तलामा रेष्टुरेण्ट सञ्चालन गर्ने भएको छ । दिवसका अवसरमा संस्थाले उत्कृष्ट कर्मचारी तथा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे, राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेत, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष परितोष पौडेल, प्रोस्कूनका  अध्यक्ष उद्धव सापकोटा लगायत विभिन्न संंघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

काभ्रे जिल्लामा मात्र नभई मुलुककै एक उत्कृट संस्थाको रुपमा स्थापित विन्धवासिनी सहकारी संस्थाले सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । २०५० सालमा ६२ हजार पूँजीबाट संस्था सुरु भएको थियो । हालसम्म आइपुग्दा संस्थामा ४८ हजार सदस्य र ९ हजार बाल सदस्य आवद्ध रहेका छन् । संस्थाको ४६ करोड ४२ लाख शेयर पूँजी, जगेडा तथा अन्य कोषमा ४६ करोड, बचत ३ अर्ब ६ करोड गरी कुल वासलत ४ अर्ब ४५ करोड पुगेको संस्थाका सिईओ के.बी. लामाले जानकारी दिनुभयो । संस्थाले सो अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप