सहकारीकर्मीहरूका लागि सम्पत्ती दायित्व व्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीकर्मीहरूका लागि सम्पत्ती दायित्व व्यवस्थापन तालिम सञ्चालन

बर्दिया । सहकारीका व्यवस्थापन समूह, लेखा समूह तथा सञ्चालकहरुलाई लक्षित गरी सम्पत्ती दायित्व व्यवस्थापन तालिम बर्दियाको भुरीगाउँमा सञ्चालन भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड भुरीगाउँ शाखाको आयोजनामा सञ्चालित दुई दिने तालिमको उद्घाटन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । 

तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतथि नेफ्स्कूनका महासचिव अधिकारीले समसामयिक विषयवस्तुको छनौट गर्दै तालिमको आयोजना गरी सहकारीको क्षमता अभिवृद्धिमा सहयोग पुर्याएकोमा राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई धन्यवाद दिनुभयो । सहकारी आफ्ना मूल्य तथा मान्यताका आधारमा सञ्चालन हुनुपर्ने बताउँदै सामुदायिक हकहितको लागि सहकारी निरन्तर लाग्नुपर्नेमा उहाँको जोड थियो । 

सहकारीले सदस्यलाई ग्राहकको रुपमा नभई सहकारीको मालिकको रुपमा व्यवहार गर्नुपर्ने र सहकारी सदस्य केन्द्रित भएर सञ्चालन हुनुपर्ने उहाँले बताउनुभयो । नीति–नियम भन्दा बाहिर गएर सहकारीले कार्यक्रमहरु सञ्चालन गर्नाले नै सहकारी क्षेत्र धरापमा परेको बताउँदै महासचिव अधिकारीले वर्तमान समयमा सहकारीमा देखा परेका विचलनका बीच सम्पत्ती दायित्व व्यवस्थापन तालिम परिणाममुखी हुनेमा आशा व्यक्त गर्नुभयो । उहाँले सहकारी सञ्चालन गर्दा सञ्चालक तथा कर्मचारीले संस्थागत सुशासनमा ख्याल राख्दै समुदाय केन्द्रित र सदस्य केन्द्रित भएर सहकारी निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । 

दुई दिनसम्म संचालन हुने तालिममा सम्पत्ति दायित्व व्यवस्थापनका विषयमा जानकारी गराउँदै सहकारी संस्थाको गुणस्तरीय वित्तिय संरचना, कोष लागत निर्धारण तथा प्रभाबकारी तरलता व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण दिइने राष्ट्रिय सहकारी बैंक लिमिटेड भुरीगाउँ शाखाका प्रमुख किरण खत्रीले जानकारी दिनुभयो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ बर्दियाका अध्यक्ष नवराज न्यौपानेले सहकारीमा तरलताको अभावले सहकारीहरु समस्यामा परि रहेको बताउँदै सहकारीको अभियान मार्फत् समुदायमा जागरुकता ल्याउनु पर्ने बताउनु भयो । सञ्चालित सम्पत्ती दायित्व व्यवस्थापन तालिमले सहकारीमा आउने समस्याहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय लिन सक्षम बनाउनेमा आफु विश्वस्त रहेको न्यौपानेले बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंक समन्वय उप–समिति सदस्य जनार्दन योगीले  तालिममा सिकेका कुराहरुलाई सहकारीमा लागु गर्न सम्पूर्ण सहभागी सहकारीकर्मीहरुलाई अनुरोध गर्नुभयो ।

तालिममा ठाकुरबाबा र मधुवन नगरपालिकाका विभिन्न सहकारी संस्थाहरुबाट व्यवस्थापन समूह, लेखा समूह तथा सञ्चालकहरु गरी ३४ जनाको सहभागिता रहेको छ । आइतबार र सोमबार दुई दिन सञ्चालन हुने तालिमको सहजीकरण बैंकका तालिम अधिकृत बल्लभ तिमिल्सेनाले गर्नुभएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप