हल्लाको पछि नलागी संयमित हुन सहकारीका सदस्यहरुलाई महासंघको आग्रह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हल्लाको पछि नलागी संयमित हुन सहकारीका सदस्यहरुलाई महासंघको आग्रह

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीका सदस्यलाई हल्लाको पछि नलागी संयमित बन्न आव्हान गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले बुधबार एक विज्ञप्ती जारी गर्दै केही संस्थाबाट भएका गलत क्रियाकलापको हल्लाका कारण सबै सहकारी संस्था उस्तै हुन् भन्ने भ्रममा नपर्न अपिल गरिएको हो ।  

गलत बुझाइका कारण सदस्यबाट एकैपटक बचत फिर्ता लिन खोज्दा संस्थाको तरलता व्यवस्थापनमा कठिनाई भई संस्थामा गम्भीर असर पर्न जाने भएकोले सम्पूर्ण सदस्यहरूलाई संयमताका साथ नियमित कारोबार गर्न अनुरोध गरेको हो । 

सहकारी संघ/संस्थाहरूले बचत रकमको सामान्यतया ८० प्रतिशतसम्म सदस्यहरुलाई नै विभिन्न प्रयोजनमा कर्जा प्रवाह गर्ने भएको हुँदा ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा व्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाई दिन अपिल जारी गरिएको छ । 

संस्था बचाउन र सदस्यको बचत सुरक्षण गर्ने कार्य सदस्यबाट नै हुने भएको हुँदा ऐन, नियमावली, संस्थाको विनियमअनुसार समिति विघटन तथा चयन गर्ने अधिकार समेत सदस्यमा निहित हुने भएकोले संस्थामा आफ्नो सदस्यताको जिम्मेवारी सक्रियताका साथ निर्वाह गर्न महासंघले भनेको छ ।  

संघ÷संस्थाले अन्य सहज परिस्थिति भन्दा वढी सदस्यसँग सम्पर्क समन्वय गरी विश्वासको वातावरण सिर्जना गर्दै संस्था नियमित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ । 

संस्थाका सदस्यहरूले निराधार हल्लाका पछि लागि सञ्चालक एवं कर्मचारीमाथि दुव्र्यवहार, हुलदंगा नगरी हालको प्रतिकूल अवस्थामा बचतकर्ताले धैर्य गर्न आग्रह गरिएको छ । 

संघ÷संस्थाको सम्पत्ति दायित्व व्यवस्थापनका लागि नियमित वित्तीय विश्लेषण गर्दै अल्पकालिन योजना तर्जुमा गरी जोखिम न्यूनीकरण गर्न, जिल्ला, प्रदेश तथा केन्द्रीय स्तरका संघ तथा राष्ट्रिय सहकारी बैंकले समेत सदस्यको समस्या समाधानका लागि संस्थासंग सहजीकरण गरी रचनात्मक तथा सन्देशमूलक जागरणको भूमिका निर्वाह गर्न महासंघले भनेको छ ।

प्रतिकूल परिस्थितिमा सहकारी अभियानप्रतिको विश्वासको संकट उत्पन्न भएको सम्बन्धमा महासंघ जानकार भएको जनाइएको छ। महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा सहकारी विभागमा सहकारी ऐन नियममा भएका प्रवद्र्धनात्मक व्यवस्था गर्न लबिङ गरिरहेको अध्यक्ष कँडेल बताउँछन्।  कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण, बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्न अभियानले जोडतोडले आवाज उठाइरहेको छ। 

तरलता व्यवस्थापन गर्न  सरकारका विभिन्न कोषबाट राष्ट्रिय सहकारी बैंकमार्फत सहुलियतपूर्ण कर्जाका लागि माग गरिएको छ।  ‘प्रतिकुल परिस्थितिमा सम्पूर्ण सहकारी संघ, संस्था तथा सदस्यलाई संयमित भई अभियानप्रति विश्वासका साथ अपनत्वको भावना जागृत गर्न अनुरोध गर्दैछौं’ अपिलमा भनिएको छ ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

११ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप