नेफ्स्कून र विभागबीच सहकारीको गुणस्तर प्रमाणीकरणका विषयमा अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र विभागबीच सहकारीको गुणस्तर प्रमाणीकरणका विषयमा अन्तरक्रिया

काठमाडौं । साकोसहरुको गुणस्तर बृद्धिका लागि नेफ्स्कूनले विकास गरी सञ्चालन गरिरहेको साकोसको राष्ट्रिय गुणस्तर प्रमाणीकरण कार्यक्रम (प्रोबेसन) सहजीकरणका सन्दर्भमा नेफ्स्कून र विभागबीच अन्तरक्रिया भएको छ ।  

नेफ्स्कूनद्वारा २०६९ सालदेखि सञ्चालनमा आएको यस कार्यक्रम मार्फत आबद्ध साकोसहरुको अनुगमन तथा सुपरिवेक्षण गरी गुणस्तर विकासको काम अगाडि बढिरहेको छ । बुधबार संघको सभाहलमा आयोजित गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसन राष्ट्रिय प्रमाणीकरणका सम्बन्धमा विभागका रजिष्ट्रार नमराज घिमिरेले स्पष्ट नीतिगत व्यवस्था गरी  विभागको साझेदारीमा नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको अनुगमन सुपरिवेक्षण हुनेगरी छिट्टै काम अगाडि बड्ने बताउनुभएको छ । ंविभागले गर्नुपर्ने काम नेफ्स्कूनले गर्दै आइरहेको भन्दै नेपालका बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुधारको सबालमा विभागको पहलकदमी रहने बचतबद्धता व्यक्त गर्नुभयो । 

संघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले संस्थाको जोखिम न्यूनिकरण गरी भविष्यसम्म सुरक्षित र दिगो संस्था निर्माणका लागि स्तरीकरण कार्यक्रम अगाडि बढेको र यसमा विभागको साथ सहयोग आवश्यक रहेको भन्दै सकारात्मक सुझाव र सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।  

नेफ्स्कूनले सञ्चालन गरिरहेका गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुका सम्बन्धमा संघका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीनाले प्रस्तुतीकरण सहित जानकारी गराउनुभएको थियो । अन्तरक्रियाका क्रममा विभागका उपरजिष्ट्रार द्वय टोलराज उपाध्याय, खिमानन्द आचार्य, संघका कोषाध्यक्ष दिपक पनेरु र सञ्चालक मन्दरा मिश्रको उपस्थिति थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप