‘बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐन (क्रेडिट युनियन एक्ट) ल्याउन पहल गरौं’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐन (क्रेडिट युनियन एक्ट) ल्याउन पहल गरौं’ 

ऋषिराज घिमिरे

बचत तथा ऋण सहकारी अभियानलाई व्यवस्थित बनाउन क्रेडिट युनियन एक्ट चाहिएको हो । यसले सञ्चालकहरुको योग्यता तोक्छ, सहकारीको कार्यक्षेत्र तोकिन्छ । के नेपालमा जे पनि मिलाए मिल्ने हो ? सहकारी आफ्नो टेरीटोरि भित्र सञ्चालन नभएर अर्काको टेरिटोरीभित्र शाखा खोलेर पैसा लिन दिन मिल्छ ? सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा ठूलो घोटाला भएको देख्छु म । पैसा खुवाएर कार्यक्षेत्र लिनु गलत हो । अर्काको क्षेत्रमा आएर पैसा लिने दिने भएकोले पनि सहकारीमा वेथिति निम्तिएको हो । यसबाट मुक्त हुनका लागि साकोस ऐन चाहियो भनेको हो । 

संस्था कस्तो सञ्चालन भएको हुनुपर्ने ? वित्तीय गुणस्तरीयता कस्तो हुनुपर्ने ? रिजर्भ फण्ड कति भएको हुनुपर्ने ? यी सब कुरा ऐन मार्फत तोकिनुपर्छ । 

अर्को कुरा, अब सहकारी फोर्स मर्जमा जानुपर्छ । २० हजार सहकारीलाई २ हजारमा ल्याउनु जरुरी छ । कति संस्थाका मान्छे रोइरहेका छन्, कोही आइदिएपनि हुन्थ्यो, लिइदिएपनि हुन्थ्यो भन्ने भएको छ । लोन वितरणको अवस्था नराम्रो छ, भाखा नाघेको ऋण डरलाग्दो छ, यस्तो अवस्था आइसकेकोले अब छिट्टो फोर्स मर्जको व्यवस्थाका लागि पनि साकोस ऐन आउनु जरुरी छ ।
स्ट्रोङ सुपरभाइजरी यूनिट आवश्यक छ, यसमा सहकारी विभागको केही दोष छैन, कहाँबाट कसरी आउनुहुन्छ । सिक्दा सिक्दै ठ्याक्क अर्को ठाउँमा सरुवा हुने समय हुन्छ, विभागको मुख ताकेर केही हुनेवाला छैन । क्यानडामा छुट्टै सुपरभाइजरी यूनिट छ, अमेरिकामा छुट्टै छ र न्यूजिल्याण्डमा सेन्ट्रल बैंकले गर्छ । क्यानडामा बैंकिङ ऐक्टले गर्छ । बंगलादेशमा सहकारी विभागले गर्छ । 

स्ट्रोङ सुपरभाइजरी कमिटि भन्नाले सुरपरभाइजरी कमिसन त्यो अर्थ मन्त्रालय अन्तर्गत रहन्छ । यो नयाँ कुरा आएपछि सहकारी विभाग, सहकारी महासंघ, बहुउद्देश्यीय, सञ्चार सहकारी हाइड्रो सहकारी यी के के सहकारी दिँदैनन् । मैले भन्दा क्रेडिट यूनियन ऐक्ट नै भन्छु । के हो क्रेडिट यूनियन ऐक्ट, हामी वित्तीय कारोबार गर्ने–गर्नेहरुको मात्रै अलग हो यो । थरी थरीका सहकारीभित्र हामीलाई गोलमाल भो । हामी सहकारी सिद्धान्तभित्रै हो भन्न पाउने खालको ऐक्टको व्यवस्था हुनुपर्यो । सरकारले बजेट मार्फत सेकेण्ड टायर इन्स्टिच्यूसनको कुरा गरेको छ । जे भनेपनि अर्थमन्त्रालय मातहत सुपरभाइजरी कमिटी होस् भन्ने हाम्रो चाहना हो, हाम्रो माग हो । 

त्यस्तै साकोसको अफसाइट अनसाइट मोनिटरिङ हुनुपर्छ । बुझिने भाषामा भन्दा १० अरब भन्दा माथिको अनुगमन छिनछिनै हुनुपर्छ, १ अरब देखि १० अरब सम्मको दिनदिनै, ५० करोड देखि १ अरब सम्मको लागि प्रत्येक हप्ता र १० करोड देखि ५० करोड सम्मको १५/१५ दिनमा अनुगमन हुनुपर्छ । यो व्यवस्था कोरियामा छ । १८ महिनामा अनुगमन गर्ने संस्था पनि छन् । कोरियाको क्रेडिट युनियन फेडेरेसनको एउटा हलमा ८० वटा कम्प्यूटर राखेको छ । त्यहाँ लोन पोर्टफोलियो संस्थाको कुल पुँजीको आधारमा तोकिएको हुन्छ । त्यो भन्दा बढी लोन दिएको देख्ने वित्तीकै रातो बत्ति बल्छ । तुरुन्त संशोधन गरिहाल्नुपर्ने प्रणाली छ । यस्तो मोनिटरिङ चाहियो । पैसा देखेपछि हामी पनि मिलाउने त हो मिलाउँछौं । सबैले नै मिलाउँछौं । धाक लाउनु पर्दैन । राम्रै छ, १ अरबको त सम्पत्ती छ, गाडी घोडा चडेर हिँडिरहेको छ,  दिँदा के फरक पर्छ र भन्छौं । तर नेपालमा टाट अरबपतिहरु हुन्छन् भन्ने हामीलाई थाहै छैन । विवाह पनि ऋणमा गर्छौं । छोरो ऋणमा, घर ऋणमा, भयजति सबै ऋणमा हेर्दा ठूलो गाडी चडेर हिँडेको हुन्छ । 

फाइनान्सिङ इण्डिकेटरहरु कम्प्लायन्सको रुपमा लिइएपनि भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा तल हुनुपर्छ, हुनैपर्छ हुँदैन भने प्रोभिजन गरेर त्यो बर्ष डिभिडेन्ट बाँड्नुहुँदैन । गए जाउन सदस्य, जति हुन्छन्, त्यति बस्छन् । स्याण्डरमा हामीले चलाउनको लागि पनि छुट्टै ऐन चाहिएको हो । 
साकोसको पैसा नचाहिने काममा कसैले खर्च गरेको छ भने आफुलाई र आफ्नो कार्यकाललाई त ठिकै होला, सन्तानलाई पिर्छ । त्यो सन्तानलाई पिरेन भने आउने सन्तानलाई पिर्छ । कोही हुनुहुन्छ भने, आजै क्षमा याचना गरेर कुश समातेर अब देखि गर्दिन भन्नुहोला । 

अर्को कुरा बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष विग्रेर आयो । यसलाई परिमार्जन गरेर व्यवस्थित रुपमा अगाडि बढाउनको लागि पनि कुल सम्पत्तीको रुपमा राख्न पाएको भए सानो सानो रकम थुप्रो पैसा आउँथ्यो । सानो सानो रकम धेरै आउनु राम्रो हो । त्यो परिमार्जन गरेर स्ट्रोङ बनाउनको लागि र त्यो बाहेक सोलिडारिटी फण्ड क्रियट गर्नको लागि विश्वास अहिलेनै बनाऔं । १०/२० अरब सोलिडारिटी फण्ड बन्यो भने अप्ठ्यारो परेको अवस्थामा डालोमा पैसा बोकेर जान पाइन्छ । राष्ट्र बैंकले बैंकका लागि बोकेर आउँछ, हामीले पाएनौं । ढिलो भयो । त्यसको लागि पनि हामीलाई क्रेडिट युनियन ऐक्ट चाहियो । 

अर्को कुरा अभियानको नियमित डाटा अपडेट गर्नको लागि स्ट्रोङ एमआरएस प्रणालीको विकास गर्न जरुरी भएको छ । प्रविधिमा यत्रो फड्को मारिसक्दा पनि अभियानको एउटा आधिकारिक टाडा ल्याउन सकिएन । अभियानको एकसाथ वासलात आउन सक्ने गरी काम गर्न पनि ऐनको आवश्यकता भएको छ । अभियानमा एकरुपता ल्याउनका लागि नीति विधि प्रविधि, एउटै रुप रंग ढाँचा समान बनाएर अभियानको उच्च छवि निर्माण गर्नको लागि र सफ्टवेयरमा पनि एकरुपता ल्याउनको लागि पनि नेफ्स्कूनले बनाइरहेको छ, त्यसमा अभियानको स्वामित्व कति रहन्छ, त्यसमा एकाकार गरेर हिड्नको लागि पनि हामीलाई ऐनको आवश्यकता भइसकेको छ ।  

सहकारी ऐन मही र चिउरा मिसेजस्तो भएको छ । सञ्चार पनि त्यहि छ, हाइड्रो पनि त्यही छ, बैक पनि त्यही छ । पृथक आइडेन्टीको लागि पनि हामीले क्रेडिट युनियन ऐक्ट ल्याउनु जरुरी छ । यसको लागि सबैजना एकाकार होऔं, नअल्मलियौं र त्यो आएपछि सुशासनमा चलेका संस्थाहरु खुसी हुन्छन, कुशासनमा चलेका संस्थाहरुले विरोध गर्छन् । यसको लागि चाँडै क्रेडिट युनियन एक्ट ल्याउनको लागि सबैतिरबाट पहल गरौं । 

नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् सल्लाहकार घिमिरेले साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीका अवसरमा कार्यपत्रमाथिको टिप्पणी सहित राख्नुभएको विचारः

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप