साकोसहरुका लागि कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसहरुका लागि कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

भैरहवा । बचत तथा ऋण सहकारी संस्थाहरुलाई राष्ट्रिय स्तरको ब्राण्डिङ गर्ने कार्यक्रम प्रोबेशन लुम्बिनी चौथो कलष्टरको १२ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाल्म वर्कसप) शुक्रवार भैरहवामा सम्पन्न भएको छ ।

लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. सिद्धार्थनगरको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो ।
कार्यक्रममा आवद्ध लुम्बिनी क्लष्टर चौथोका रूपन्देही, कपिलवस्तु, पाल्पा जिल्लाका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापन तहका प्रमुखहरुको सहभागिता रहेको कार्यशालाको उद्घाटन समारोहमा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य तथा रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर देवकोटा, प्रदेश बचत संघका लेखा समिति सदस्य एवं टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष डिबी थापा, नेफ्स्कून फिल्ड कार्यालय बुटवलका प्रमुख छत्र प्रसाद धमला, राष्ट्रिय सहकारी बैंक लि. भैरहवाका शाखा प्रमुख आलोक शिवाकोटी लगायतको आथित्यता रहेको थियो । 

अतिथिहरुले संस्थालाई विधि सम्वत ढंगले सञ्चालन गरी सरकारले लिएको लक्ष्य प्राप्तिका लागि सहकारी संस्थाले काम गर्न जरुरी रहेको भन्दै बचत तथा ऋण सहकारी संस्थाको गुणस्तरीयता तथा सदस्य मैत्री सेवा सञ्चालन गर्न प्रोबेशन कार्यक्रमले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको थिए । इन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कून फिल्ड कार्यालयका बुटवलका प्रमुख छत्र प्रसाद धमला, फिल्ड कार्यालय व्यवस्थापन समिति सदस्य तथा रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर देवकोटा, टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष डिबी थापा, सहकारी बैंकका शाखा प्रमुख शिवाकोटी लगायतले मन्तव्य राख्नु भएको थियो । संस्थाकी सञ्चालक सदस्य सीता कुमारी ढुंगाना काफ्लेले स्वागत गरेको कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन लुम्बिनी साकोसका प्रबन्धक राम प्रसाद बरालले गर्नु भएको थियो ।

एक दिने सो कार्यशालाको सहजिकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का कार्यक्रम अधिकृत मनोज खडकाले गर्नु भएको थियो । कार्यशालाले प्रोबेशन कार्यक्रमको कार्यविधिले तोके अनुरुपका कार्यक्रममा आवद्ध सवै साकोसहरुको सूचकहरुको अवस्थाका बारे व्यापक छलफल गरी सुधार गर्नु पर्ने सुचकहरुमा शिघ्र योजना बनाई सुधारात्मक कार्य गर्ने निणर्य गरेको छ । क्लष्टरमा आवद्ध ७ वटा साकोसहरुका ३५ जना सहकारीकर्मीहरु बीच आआफ्ना संस्थाले गरेका नविनतम उपलब्धी र क्रियाकलापहरुका बारेमा सिकाई आदान प्रदान गर्नुका साथै आगामी १३ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आगामी २०८० सालको अषाढ ०८ गते पल्लवी बचत तथा ऋण सहकारी संस्था लि. देवदहमा सञ्चालन गर्ने निणर्य समेत कार्यशालाले गरेको छ ।
         
    

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप