सहकारी सम्बन्धी राज्यको ध्यानाकर्षण गर्न माइतीघर मण्डलामा कोणसभा गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सम्बन्धी राज्यको ध्यानाकर्षण गर्न माइतीघर मण्डलामा कोणसभा गरिने

ललितपुर । सहकारीका सम्बेदनशील सवालमा राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा चैत्र २० गते माइतीघर मण्डलामा कोणसभा गरिने भएको छ । उपत्यका भित्रका सम्पूर्ण सहकारीकर्मीहरुलाई सभामा सहभागिताका लागि पत्राचार सहित महासंघले आव्हान समेत गरेको छ । वि.सं.२०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले विविध कार्यक्रमको आयोजना गरी ६६औं राष्ट्रिय सहकारी दिवस मनाउन गइरहेको हो । सो अन्तर्गत महासंघले विहान ७ बजे उपत्यकाका विभिन्न ठाउँबाट सद्भाव र्यालीसहित माइतीघर मण्डलामा कोणसभा आयोजना गर्ने जनाएको छ ।

‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने यस बर्षको थिमलाई सार्थक बनाउन ६६औं राष्ट्रिय सहकारी दिवसको कार्यक्रम देशव्यापी बनाउन महासंघले सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको हो । महासंघले काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण सहकारी संघ संस्थाका कार्यालयहरु विदा गरि सक्रिय रुपमा कार्यक्रममा सहभागिताका लागि आव्हान गरेको छ भने देशैभरि राष्ट्रिय सहकारी दिवसका कार्यक्रम गरि त्यसको जानकारी महासंघमा गराउन समेत अनुरोध गरेको छ ।

६६औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आयोजना गर्न लागेको कोणसभाले सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि राज्यका जिम्मेवार निकायहरुको ध्यानाकर्षण गराउने उद्देश्य रहेको महासंघले जनाएको छ । सभामा सक्रिय सहभागिताका लागि उपत्यकाका विभिन्न ठाउँहरुबाट विहान ७ बजे सद्भावपूर्ण र्याली सहित माइतीघर मण्डलामा उपस्थित हुन सम्पूर्ण सहकारीकर्मीहरुमा अनुरोध गरेको छ ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप