सुनसरी । इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरुका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । साकोसको इटहरी २० तरहरा स्थित तरहरा सेवाकेन्द्र व्यवस्थापन उपसमिती संयोजक तथा साकोसकी सञ्चालक सुष्मा थापाको संयोजकत्वमा सञ्चालित शिविरमा इटहरी आँखा अस्पतालको प्रविधिक सहयोग रहेको थियो ।
२५० जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा १८५ जनाले निःशुल्क आँखा परिक्षण तथा निःशुल्क औषधीको सेवा लिनु भएको थियो । मोतियाबिन्दुको समस्या देखिएका बिरामीले निःशुल्क शल्यक्रियाको सुबिधा समेत प्राप्त गर्ने साकोसले जनाएको छ ।
७ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१३ दिन अगाडि
१३ दिन अगाडि
१३ दिन अगाडि
११ दिन अगाडि
१० दिन अगाडि
७३ दिन अगाडि
६८ दिन अगाडि
४६ दिन अगाडि