भावी सञ्चालकहरुका लागि नेतृत्व विकास तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भावी सञ्चालकहरुका लागि नेतृत्व विकास तालिम

दोलखा । भावी सञ्चालक तथा सहकारीमा कुशल नेतृत्वको विकास गर्ने उद्देश्यका साथ हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले दुई दिने साकोस नेतृत्वका तथा कार्यकुशलता विकास तालिम सम्पन्न गरेको छ ।

संस्थाको शेयर सदस्य भएको ३ वर्ष पूरा भएका शेयर सदस्यहरु मध्येबाट सहभागी हुने गरी सञ्चालन गरिएको तालिममा सहकारी र बचत तथा ऋण सहकारी संस्थाको सैद्धान्तिक ज्ञान, सहकारी ऐन, नियमाली र मार्गदर्शनमा सहकारी सञ्चालन तथा कारोबारका सम्बन्धमा भएका व्यवस्थाका बारेमा जानकारी, शेयर सदस्य र सञ्चालकको काम, कर्तव्य र अधिकार, संस्थाले सञ्चालकका लागि तोकिएका योग्यताका बारेमा छलफल, सहकारीमा नेतृत्व र नेतृत्वका आधारभुत गुणहरुका बारेमा जानकारी,  सहकारीमा जोखिम र जोखिम व्यवस्थापनमा सदस्यको भूमिका, प्रभावकारी कार्यकुशलताका लागि समूह कार्यको भूमिका तथा भावी सञ्चालक छनौटमा साझा बुझाईको विकास गराउने उद्देश्य राखिएको थियो । 

नेफ्स्कुनका सञ्चालक जिवससराज खडकाले तालिमको उद्घाटन गर्दै सहकारीलाई सुशासनमा सञ्चालन गर्न र व्यवसायिक सुरक्षाका लागि तालिम प्राप्त र वित्तीय क्षेत्रमा जानकारी भएका सञ्चालकहरु अनिवार्य शर्त भएको बताउँदै सहकारीमा नेतृत्व गर्ने अध्यक्ष, पदाधिकारी तथा सञ्चालक सदस्य र उपसमिति तथा कर्मचारी व्यवस्थापनको समेत समान जिम्मेवारी हुने भएकाले सहकारी ऐन, नियम तथा मार्गदर्शनको पालनामा दबाव दिने तथा स्वार्थगत कार्य गर्न कसैले प्रोत्साहन गर्न नहुने बताउनुभयो । संस्थाका अध्यक्ष राजन श्रेष्ठले संस्थालाई सुरक्षित र गुणस्तरीय ढंगमा सञ्चालन गर्नका लागि विगत १० वर्षदेखि सञ्चालकहरुको क्षमता विकास तालिम, भावी सञ्चालकहरुका लागि पूर्व क्षमता विकास तालिम र सहकारी शिक्षा आयोजना गर्दै आएको बताउँदै कानूनको पालनामा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । ३९ जना सहभागी रहेको तालिममा नेफ्स्कुनका बरिष्ठ अधिकृत प्रेम नाथ वाग्ले स्रोत व्यक्तिका रुपमा हुनुहुन्थ्यो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप