सहकारीलाई समस्याग्रस्त अवस्थामै पुग्न दिनु हुँदैनः डी.बी. बस्नेत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीलाई समस्याग्रस्त अवस्थामै पुग्न दिनु हुँदैनः डी.बी. बस्नेत

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारी क्षेत्रमा हाल सतहमा देखिएका समस्या समाधानका लागि संघहरुको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौं जिल्ला बचत संघका सञ्चालकहरुको क्षमता विकास तालिम समापनको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सहकारीले समुदायस्तरमा नागरिकको आर्थिक, सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको र यसलाई चिरस्थायी बनाउन संघहरुमार्फत सामुहिक पहल जरुरी रहेको बताउनुभयो । उहाँले कानुनमा स्पष्ट व्यवस्था नहुँदा स्थानीय तहले सहकारीहरु समस्याग्रस्त घोषित गर्न नसकेको उल्लेख गर्दै सहकारी व्यवस्थापनका लागि कानुन संशोधन गरेर समितिको मातहत केन्द्रमा ल्याउनुपर्ने बताउनुभयो । 

काठमाडौ जिल्ला बचत संघका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा आयोजित तालिम समापन तथा संक्षिप्त अन्तरक्रिया कार्यक्रमका अवसरमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका विज्ञ सदस्य डी.बी. बस्नेतले सहकारीका जिल्ला संघहरुले सहकारी आवद्धतालाई अनिवार्य गराएर समस्याग्रत बन्नै दिन नहुनेमा जोड दिनुभएको थियो । उहाँले संघ र अभियानको एउटैमात्र पहलकदमी कुनैपनि सहकारीलाई समस्याग्रस्त बन्ने अवस्थामा पुग्न नदिनुनै सबैभन्दा महत्वपूर्ण हुने भनाई राख्नुभएको थियो । 

चैत्र १७ र १८ गते सञ्चालित जिल्ला संघका सञ्चालकहरुको क्षमता विकास तालिमको सहजीकरण नेफ्स्कूनका सहकाय कार्यकारी अधिकृत एवम् शिक्षा तथा स्रोत केन्द्रका प्राचार्य सञ्जयराज तिमिल्सीनाले गर्नुभएको थियो । तालिममा संघका पदाधिकारी, सञ्चालक समिति सदस्य, लेखा सुपरिवेक्षण समितिका सदस्य र व्यवस्थापकको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव निरञ्जन सेढाईंले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

पाठकबाट थप