भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको आयोजनामा जिल्ला स्थित जिल्ला सहकारी संघ, जिल्ला कृषि सहकारी संघ र जिल्ला बहु्उद्देश्यीय सहकारी संघहरुको सममन्वयमा ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभातफेरी सहित टौमढीमा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले बैंक वित्तीय संस्थामा जस्को धेरै पुँजी हुन्छ त्यसको बढी अधिकार हुन्छ तर सहकारीमा सदस्यको अधिकार एक व्यक्ति एक मतका आधारमा हुने भएकोले बहुमतमा मात्र निर्णय हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारी स्थानीय समुदायको आर्थिक, सामाजिक सांस्कृतिक विकासको लागि खोलिएको तर राज्यका अधिकारीहरु नै स्वार्थबाट प्रेरित भई जथाभावी सहकारी दर्ता स्वीकृती दिनेले सहकारीमा विकृती बढेर गयो ।” यसको जिम्मा सरकारले लिनुपर्दछ । सहकारी सदस्यको हो । सदस्यबाटै बचत संकलन गर्ने र सदस्यलाई परिचालन गर्ने भएकोले सहकारी बचाउने नाममा राज्यबाट रकम माग्नु गलत हो । उहाँले सहकारीमा गलत गर्नेहरुलाई कारबाही गनुृपर्नेमा जोड दिनुभयो । व्याजको लोभमा नफस्न र सही सहकारी पहिचान गरेर मात्र सदस्य बन्न नागरिकहरुलाई आव्हान गर्नुभयो ।
विशेष अतिथि भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सहकारीको नाममा ठगी धन्दा चलाउनाले सहकारी बदनाम भइरहेको कुरा बताउदैं त्यस्ता व्यक्तिहरुको पहिचान गरी कारबाही गर्नु पर्ने विचार राख्नुभयो ।
अतिथि जिल्ला सहकारी संघ लि.का अध्यक्ष केदार खड्काले आर्थिक मन्दिका कारण देशमा सहकारी क्षेत्रले ठुलो संकट भोगिरहेको बताउनुभयो । सहकारीको मुल्य, मान्यता र सिद्धान्त विपरित संचालित सहकारीको विकृतीले सहकारी बदनाम भइरहेको उहाँको भनाइ थियो । उहाँले सही सहकारी चिन्नेर मात्र सदस्य भई कारोबार गर्न सचेत हुनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रमका सभापती संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण समिति दर्ता भएको दिनलाई आधारित भएर राष्ट्रिय सहकारी दिवस मनाउदैं आएको कु्रा बताउदै सहकारीमा सदस्यको व्यक्तिगत बचत सिमा २५ लाख तोक्ने गरी ऐन संशोधनको सरकारको प्रस्तावप्रति विरोध जनाउनुभयो । उहाँले तीन खम्बे अर्थनिीतिमा सहकारी पनि एक खम्बा भएकोले सो खम्बाको संरक्षणमा सरकार गम्भिर हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीमा विकृती कहाँबाट कसरी भित्रियो भन्ने कुरा सदस्यलाई थाहा नै नदिई सहकारी बचाउको नाममा राज्यसँग पैसा माग्दैमा समस्या समाधान नहुने कुरा बताउनुभयो । उहाँले बर्तमान सहकारीको समस्या समाधान गर्न नियमनकारी निकायमा धाउने भन्दा संस्थाका आफ्नै सदस्यमाझ गई समाधान खोज्नु पर्नेमा जोड दिनुभयो ।
संघका उपाध्यक्ष हरि बल्लले सहकारी आन्दोलन र अभियानमा कालो बादल छाएको छ, त्यो बादल कुन कारणले देखियो, सम्पुर्ण सहकारीकर्मीहरुले मनन गर्नुपर्ने विचार राख्नुभयो । उहाँले सबै सहकारीकर्मीहरु एकजुट भएर त्यो कालो बादल हटाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको संचालन संघका सचिव जगनाथ प्रजापतिले गर्नुभयो । प्रभातफेरी कार्यक्रममा १६२ वटा संस्थाहरुबाट ३५०० जना भन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।
२३ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
३२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
१२ दिन अगाडि