सहकारी दिवसको अवसरमा बागलुङमा लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी दिवसको अवसरमा बागलुङमा लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न

बाग्लुङ ।  बाग्लुङ नगरपालिका र बाग्लुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संयुक्त आयोजनामा लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न भएको छ । एक दिवसीय गोष्ठीले ५ बुँदे घोषणापत्र जारी गरेको छ । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर चैत्र १९ गते सञ्चालित गोष्ठी नेफ्स्कूनको प्राविधिक सहजीकरणमा भएको थियो । तालिममा जिल्लामा सञ्चालित विभिन्न सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक, सदस्यहरु र अन्य सहकारीकर्मीहरु सहित १०२ जनाको सहभागिता रहेको थियो ।  

कार्यक्रममा बाग्लुङ जिल्ला बचत संघका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता र बाग्लुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।  

प्रमुख अतिथि नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ३ खम्वे अर्थ नीतिको १ खम्वा सहकारी भएकोले यसको दिगोपनमा लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वूर्ण भएको र सो भूमिका पूर्ण रुपमा निर्वाह नभएको संस्थामा सुशासन कायम हुन नसक्ने भएकोले क्षमता अभिबृद्धि गोष्ठी आयोजना गरिएको जानकारी सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।  

विशिष्ट अतिथि जिल्ला सहकारी संघ लि. बाग्लुङकी अध्यक्ष हुमा कुमारी जि.सि.ले सहकारी अभियानमा आएको समस्या समाधान गर्न अभियान जिम्मेवार रहेको र यो विषम परिस्थितिमा सवै सरोकारवालाको सहकार्य आवश्यक भएको अनुरोध गर्दै ६६ औं सहकारी दिवसको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जि.सि., बाग्लुङ नगरपालिका सहकारी शाखा प्रमुख प्रेम प्रसाद शर्मा, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बाग्लुङकी अध्यक्ष सिता शर्मा, , जिल्ला तरकारी उत्पादक सहकारी संघ लि. बाग्लुङ की अध्यक्ष अमृता थापा, बाग्लुङ जिल्ला सहकारी संघका सल्लाहकार तेजेन्द्र थापा , जिल्ला सहकारी संघ लि. बाग्लुङ की उपाध्यक्ष पिङगला खड्का, बाग्लुङ जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक महेन्द्र सिंह रायमाझि लगायतको आतिथ्यता रहेको थियो ।

गोष्ठीमा सहजकर्ता नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले सहकारीमा लेखा सुपरिवेक्षण समितिको भूमिका र आन्तरिक लेखा परिक्षणका क्षेत्रहरु तथा बाग्लुङ नगरपालिकाका सहकारी शाखा प्रमुख प्रेम प्रसाद शर्माले सहकारी ऐनमा लेखा सुपरिवेक्षण समितिको व्यवस्था र कार्यहरु विषयक प्रस्तुतिकरण गर्नुभएको थियो । 

कार्यक्रम सञ्चालन बचत संघका सचिव तेज प्रसाद शर्माले गर्नुभएको थियो । 

गोष्ठीद्वारा जारी घोषणापत्र

१.    लेखा सुपरिवेक्षण समितिको भूमिका पूर्ण रुपमा निर्वाह गरि उच्च कार्य सम्पादन र एकरुपता कायम गर्नको लागि सवै सहकारी संस्थाहरुले आन्तरिक लेखा परिक्षण सम्वन्धि आन्तरिक कार्यविधि निर्माण गरि लागु गर्न प्रतिवद्ध छौं,

२.    सहकारी संघ संस्थाले गर्ने दैनिक आर्थिक, प्रशासनिक एवं अन्य काम कारवाहि प्रचलित ऐन, नियम, कानुन तथा संस्थाले तयार पारेको विनियम, निति एवं कार्यविधि अनुसार संचालन भएको छ छैन भनेर जाँच वा अनुगमन वा लेखा परिक्षण गरि त्रैमासिक रुपमा तोकिएको निर्धारित ढाँचामा प्रतिवेदन सञ्चालक समिति समक्ष पेश गर्न र दिईएको सुझाव कार्यान्वयन नभएमा साधारण सभा समक्ष प्रतिवेदनमा समावेश गरि पेश गर्न प्रतिवद्ध छौ,

३.    लेखा सुपरिवेक्षण समितिको आवश्यकताका आधारमा रु. २५ करोड भन्दा बढी वासलात रहेको सहकारी संस्थामा आन्तरिक नियन्त्रण प्रणाली चुस्त दुरुस्त राख्नको लागि आन्तरिक लेखा परिक्षक नियुक्तिका लागि सञ्चालक समिति समक्ष न्यूनतम ३ वटा कम्पनिको नाम सिफारिस गर्न प्रतिबद्ध छौं,

४.    लेखा सुपरिवेक्षण समितिको क्षमता अभिबृद्धिको लागि राष्ट्रिय गोष्ठी तथा तालिममा सक्रिय सहभागीता जनाउने र हरेक वर्ष कम्तिमा १ वटा क्षमता अभिबृद्धिको कार्यक्रममा सहभागी हुन प्रतिवद्ध छौं,

५.    सहकारी संस्थाको स्वनियमन र सुशासन कायम गरि संस्था दीगो र सुरक्षित बनाई सहकारीको क्षेत्रगत छवि सुधारको लागि सहकार्य गरि अघि बढ्न प्रतिवद्ध छौ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप