पूर्वमा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूर्वमा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया

झापा । नेपालको पूर्वि जिल्ला झापाका सहकारीकर्मीहरुसँग सहकारीका समसामयिक विषयमा अन्तरक्रिया गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय दमक र सेवा केन्द्र कार्यालय विर्तामोड, झापाको आयोजना वैशाख २ गते सञ्चालित कार्यक्रम नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य एवम् जिल्ला बचत संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ६१ जना सहकारीकर्मीहरुको उपस्थिति थियो । 

कार्यक्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष पौड्यालले नेतृत्वले फरक र बृहत देख्न सक्नुपर्ने बताउनुभयो । उहाँले कम्तिमा पनि २ वर्षसम्मको व्यक्तिगत र संस्थागत रणनीति बनाएर काम गर्न सकेमात्र जोखिमलाई केही हदसम्म न्युनिकरण गर्न सकिने भएकोले सोही अनुसार गर्नु हुन अनुरोध गर्नुभयो । झापाको साकोस अभियानलाई थप दिगो र सुरक्षित बनाउन नेफ्स्कूनले सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले हरेक पालिकामा नमूना साकोस बनाइ सम्भावनाको उर्वर र अनुपम झापालाई साकोसको नमूना जिल्ला बनाउने अभियानमा लाग्न समेत सबैलाई अनुरोध गर्नु भयो । सहकारी अभियानमा अवको आवश्यकता नेतृत्वको साझा बुझाइ सहितको ऐक्यवद्धता हो र सो को कार्यान्वयन साकोस अभियानबाट पूर्ण रुपमा हुनु पर्ने भएकोले सबैले कार्यान्वयन गर्नु पर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीले आधारशिला कार्यक्रमको बारेमा प्रष्ट पार्दै जिल्लाका सबै पालिकाहरुसँग समन्वय गरेर सक्षम र दिगो सहकारी निर्माणका लागि काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । नेफ्स्कूनले स्थानीय तहहरुसँगको समन्वयमा सहकारीहरुको जागरण, विकास र प्रवर्धनको काम अगाडि बढाइरहेको छ, अब झापा जिल्लामा पनि आधारशिला कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहसँगको सहकार्य अघि बढ्नुपर्ने बताउनुभयो । 

नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य एवम् जिल्ला बचत संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेले नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रम र आधार तहको कार्यक्रमको रुपमा रहेको आधारशिला कार्यक्रमले सहकारी क्षेत्रको गुणस्तर विकास र सुशासन अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेफ्स्कूनको विगत, वर्तमान र भविष्य समेटिएको प्रस्तुती कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नु भएको थियो । कार्यक्रमको व्यवस्थापन नेफ्स्कून फिल्ड कार्यालय दमक र सेवा केन्द्र कार्यालय विर्तामोड, झापाका कर्मचारीहरु साथै जिल्ला बचत संघ झापाका कर्मचारीहरुले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप