एक्सेस कार्यक्रममा सहभागी बागमती तेस्रो समूहको २२औं कार्यशाला सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस कार्यक्रममा सहभागी बागमती तेस्रो समूहको २२औं कार्यशाला सञ्चालन

काठमाडौं । एक्सेस ब्रािण्डङ्ग कार्यक्रम, तेश्रो समूह, बागमती क्लष्टरको २२औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्रविधिक सहयोगमा  वैशाख १० गते सञ्चालित कार्यशालाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका पूर्बअध्यक्ष दीपकप्रकाश बॉस्कोटाले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका पूर्व अध्यक्ष बास्कोटाले सहकारी सहकारीका मुल्य मान्यता र सिद्धान्त अनुरुप सञ्चालन गर्न सञ्चालक समिति प्रतिवद्ध भएमा सहकारीमा कहि कतै समस्या नआउने धारणा ब्यक्त गर्नुभयो । सहकारी संस्थामा आवद्ध सदस्यहरुलाई ध्यानमा राखेर सदस्य मैत्री, सामाजिक कृयाकलाप निरन्तर गरि सदस्यको बिश्वास जित्नुपर्ने आजको आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो । 

उक्त कार्यक्रममा स्वागत मन्तब्य आयोजक साकोसकी सञ्चालक समिति सदस्य श्रीभा नेपाल (न्यौपाने) ले राख्नु हुदै कार्यशालामा छलफल हुने विषयवस्तुहरुले सहभागी सहकारी संस्थाहरुका वीच भए गरेका अभ्यासहरुका वारेमा अनुभव आदान प्रदान भई संस्था सञ्चालनमा  एकरुपता आउने धारणा राख्नु भएको थियो । कार्यशाला समुद्घाटन सत्रको अध्यक्षता साकोसका अध्यक्ष ऋषिराज घिमिरेले गर्नुभएको थियो ।

कार्यशालामा क्लष्टरमा आबद्ध ६ वटा बचत तथा ऋण सहकारी संस्थाहरु : काठमाडौंबाट बाबियाखर्क साकोस, नयाँपाटी साकोस, चन्द्रागिरी साकोस, ललितपुरको हाम्रो साकोस, कल्याणकारी साकोस र धादिङको सहारा महिला साकोसका व्यवस्थापक र अध्यक्षहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागी संस्थाहरुले आ-आफ्ना सहकारी संस्थाहरुले सम्पन्न गरेका विभिन्न वित्तीय एवं गैर वित्तीय कृयाकलापहरुका वारेमा प्रस्तुति गरेका थिए । नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेम वाग्लेले कार्यशालामा सहजिकरण गर्नुभएको थियो ।

कार्यशालाको समापनका अवसरमा बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ऋषिराज घिमिरेले सहभागी संस्थाहरुले प्रस्तुत गरेका अनुकरणीय कृयाकलापहरुको अनुसरणवाट सहभागी संस्थाहरुको सेवामा गुणस्तर कायम हुने धारणा व्यक्त गर्नुहुदै सदस्यमुखी कृयाकलापहरु सञ्चालन गरेर सामाजिक विश्वास हाँसिल गरी सहकारी संस्थाहरुले समुदायमा पहिचान कायम गर्न सक्नुपर्नेमा जोड दिनुभएको थियो । मुलुकमा  बचत तथा ऋणको कारोवार गर्ने सहकारीहरुले बर्तमान अवस्थामा वासलातको अंक बढाउने तर्फ भन्दा पनि सदस्यहरुसँग नजिक रहने कृयाकलापहरुलाई बढाउन पर्नेमा जोड दिनुभयो ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप