कृषि सहकारी केन्द्रीय संघ एफएओ अवार्डबाट पुरस्कृत 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कृषि सहकारी केन्द्रीय संघ एफएओ अवार्डबाट पुरस्कृत 

काठमाडौं । नेपालको कृषि सहकारी केन्द्रीय संघ लि. विश्वकै उत्कृष्ट संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन अवार्ड (एफएओ २०२३) बाट पुरस्कृत भएको छ । एफएओको मुख्य कार्यालय इटालीको रोममा अप्रिल २४, २०२३ (वैशाख ११) मा आयोजना गरिएको एक विशेष समारोहका बीच संघले उक्त अवार्ड प्राप्त गरेको विषय साना किसान विकास लद्युवित्त वित्तिय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघले विहिबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको हो । 

एफएओ युएनले महासंघका सदस्य संघलाई विश्वभरका आफ्ना साझेदार संस्थाहरुमध्ये सर्वाेत्कृष्ट साझेदार संस्थाका रुपमा अवार्ड प्रदान गरेको संघका अध्यक्ष खेम पाठकले बताउनुभयो । एफएओले संघलाई सहकारीलाई सुशासन र संस्थागत विकास गर्नका लागि क्षमता अभिबृद्धि गरेको र साना किसानाका जटिल कृषि तथा आर्थिक समस्याहरुलाई नीति निर्मातासम्म पुर्याउन सक्षम भएको र नेपालमा भोकमरी र कुपोषण अन्त्यका लागि वकालत गर्न सक्षम भएको भन्दै पुरस्कृत गरेको हो । 

एफएओका महानिर्देशक QU Dongyu  द्वारा प्रदान गरिएको सो अवार्ड ग्रहण गर्न संघका अध्यक्ष खेम बहादुर पाठक र महाप्रवन्धक रुद्र भट्टराई इटाली पुग्नुभएको थियो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले विश्वकै उत्कृष्ट अवार्ड प्राप्त गर्नु देशकै गर्वको विषय भएको भन्दै बधाई ज्ञापन गर्नुभएको थियो । 

त्यसैगरी सो अवसरमा साना किसान विकास लद्युवित्त वित्तीय संस्था लि.लाई नेपाल सरकार र एसियाली विकास बैंकको अनुदानमा सञ्चालन भएको प्रोजेक्टमा उत्कृष्ट कार्य गरेकोमा यही वैशाख ८ गते वेष्ट प्रोजेक्ट म्यानेजमेन्ट अवार्ड प्रदान गरेको समेत जानकारी गराइएको थियो । ग्रामीण उद्यम वित्तिय परियोजनाका लागि ५ अर्ब ६५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण प्रवाह गरी व्यवसायीक कृषि विकासमा उत्कृष्ट कार्य गरेको भन्दै सो अवार्ड दिएको संस्थाका सिइओ डा. शिवराम प्रसाद कोइरालाले बताउनुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप