राप्ती विश्वासी साकोसको आयोजनामा सदस्य सक्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राप्ती विश्वासी साकोसको आयोजनामा सदस्य सक्षमता विकास तालिम सम्पन्न

दाङ । राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि.(रफिकोल) तुलसीपुर, दाङको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को प्राविधिक सहयोगमा बैशाख १८ र १९ गते तालिम सञ्चालन गरिएको थियो । तालिममा संस्थाका अध्यक्ष ईन्द्रबहादुर बुढाथोकीको अध्यक्षता, संस्थाकै सल्लाहकार मानबहादुर डाँगीको प्रमुख आतिथ्यता एवम् प्रशिक्षक नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारीको विशिष्ट आतिथ्यतामा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारी गरी १८ जनाको सहभागिता रहेको थियो । 

प्रमुख अतिथि मानबहादुर डाँगीले सहकारीलाई कसले कसरी बुझेको छ ? सहकारी के हो ? सहकारीमा के गतिविधिहरू सञ्चालन हुन्छन् ? जस्ता कुराको व्याख्या विश्लेषण एवम् सहकारीमा व्यक्तिगत स्वार्थ र दुश्मनीको भावना नराखी निश्वार्थ रूपमा सदस्य एवम् संस्थाको हितमा निरन्तर लागि पर्नुपर्ने बताउनुभयो ।  कार्यक्रमको सहजीकरण संस्थाका सचिव हेमराज गौतमले गर्नु भएको थियो । दुई दिने तालिमको विषय बस्तुको सहजीकरण प्रशिक्षक कोमल राज अधिकारीले गर्नु भएको थियो । समापन कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै देवा बस्नेत र धु्रव गौतमले तालिम अत्यन्त उपयोगी, व्यवहारीक भएको र यसबाट सहकारीमा धेरै सिकाई हासिल भएको बताउनुभयो । 

तालिमका अवसरमा बोल्दै  नेफ्स्कूनका कार्यक्रम अधिकृत अधिकारीले ज्ञान, सीप र धारणाको विकास गरी वास्तविक व्यवहारमा केही न केही परिवर्तन आएमा मात्र तालिमबाट सिकाई भएको मानिने बताउनुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप