कर्ब्स मोरङ दोस्रो समुहका सहकारीहरुबीच असल सिकाई अभ्यास आदान प्रदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्ब्स मोरङ दोस्रो समुहका सहकारीहरुबीच असल सिकाई अभ्यास आदान प्रदान 

मोरङ । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मोरङ दोस्रो समूहकोे छैटौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । मोरङको गछियामा अवस्थित दुलारी वचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा व्यवस्थापनमा समुहमा आवद्ध १४ वटा संस्थाहरुका विचमा साकोसको असल सिकाई अभ्यास आदान प्रदान भएको थियो ।  दुलारी साकोसका अध्यक्ष हेमन्त कार्कीको अध्यक्षता र जिल्ला वचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरालाको प्रमुख आतिथ्यता तथा वचत संघ मोरङका बरिष्ठ उपाध्यक्ष एकराज निरौला र सचिव जीवन बस्नेतको आतिथ्यता कार्यक्रममा रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले सहकारी सामूहिक हित प्रवद्र्धन गर्ने व्यवसाय भएकाले वेलैमा यसमा रहेका वित्तीय, व्यवस्थापकीय एवम् सुशासन जोखिमहरुको पहिचान र सो जोखिम कम गर्ने व्यवस्थापकिय उपायहरु अवलम्बन गरि संस्थालाई दिगो र सुरक्षित वनाउन कार्यक्रममा उपस्थित व्यवस्थापकिय नेतृत्व र संस्थापकिय नेतृत्वहरुलाई आग्रह गर्नुभयो ।

वचत संघका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले वर्तमान परिस्थितिको सामना एकल विधिबाट नभई सामुहिक विधिबाट गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहजकर्ताहरुबाट आर्थिक मन्दि र सदस्य केन्द्रियता मापन विषयमा सहजिकरण भएको थियो । कार्यक्रमको सहजिकरण नेफ्स्कूनका व्यवसाय अधिकृत रामकृष्ण भट्टराई र कार्यक्रम अधिकृत तथा जिल्ला वचत संघ मोरङका कार्यक्रम अधिकृत रामकुमार दहालले गर्नुभएको थियो । 

कार्यक्रमको सञ्चालन आयोजक दुलारी साकोसका सचिव कृष्ण भुर्तेलले गर्नुभएको थियो भने १४ वटा साकोसका ४३ जना व्यवस्थापक र सञ्चालकहरुको उपस्थिति रहेको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप