अपाङ्गगता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने अभियानसहित हाम्रो जनकल्याण साकोसले मनायो २७ औं स्थापना दिवस  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अपाङ्गगता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने अभियानसहित हाम्रो जनकल्याण साकोसले मनायो २७ औं स्थापना दिवस  

चरिकोट । अपाङ्गगता भएका व्यक्तिहरुको सम्मान र उनीहरुलाई आत्मनिर्भर बनाउन सीप तथा उद्यम विकासमा अन्तरक्रिया गर्दै हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को २७ औं स्थापना दिवस सम्पन्न भएको  छ । सोही अवसरमा संस्थाको २५ वर्ष नामक डकुमेन्ट्रीको सार्वजनिकीकरण, पेन्सन पास बुक वितरण र जेष्ठ नागरिक प्रोत्साहन रकम वितरण गरिएको छ । 

दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति दोलखाका समन्वय प्रमुख बर्जुराम घतानीले सहकारीले अपाङ्गता भएका व्यक्तिको सहभागितामा उनीहरुको आत्मसम्मान र उद्यमशीलताका विषयमा बनाएको योजना प्रशंसनीय भएकाले जिल्लाका सबै स्थानीय सरकारलाई समेत जिल्लालाई आत्मनिर्भर बनाउँदै रोजगारी सिर्जना गर्न आवश्यक समन्वय गर्ने प्रतिबद्धता सहित अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका वस्तुहरुको प्रयोगलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । 

सहकारीमा देखिएको समस्यालाई समधान गर्न अब छरिएर होइन एकत्रित भएर सहकारीको उद्देश्य अनुसार काम गर्न आग्रह गर्दै एकीकरणमार्फत संकलन भएको पुँजीले मात्र मध्यम खालका उद्योग व्यवसायमा लगानी गर्न सकिने र त्यो सुरक्षित हुने भएकाले सहकारीहरुलाई त्यसतर्फ अग्रसर हुन पनि समन्वय प्रमुख घतानीले आग्रह गर्नुभयो । हरेक क्षेत्रमा कमिशनको लोभमा आयातित वस्तुहरुको प्रयोग बढिरहेको बताउँदै सबै नियकालाई सहकारीले वा स्थानीय उत्पादकले उत्पादन गरेका वस्तुहरु उपयोग गर्ने वातावरणका लागि बहस चलाउने पनि उहाँले बताउनुभयो । 

त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेफ्स्कूनका सञ्चालक जिवसराज खड्काले हाम्रो जनकल्याणले फरक फरक क्षेत्रका शेयर सदस्य र विषयमा योगदान गर्दै आएकोमा यस पटकको स्थापना दिवसमा अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकता राखी नयाँ योजना तथा कार्यक्रमको तयारी गरेकोमा धन्यवाद दिंदै शेयर सदस्यले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रमका विशेष अतिथि एवम् जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले वर्तमान समयमा सहकारीप्रति विभिन्न टिकाटिप्पणी भईरहेकोमा दोलखा जिल्लाका सहकारीहरुमा त्यस्तो कुनै समस्या नभएको बताउँदै अनुशासन र नीतिमा सञ्चालन भएको हाम्रो जनकल्याण साकोसको आगामी सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष राजन श्रेष्ठले सहकारीले उद्यमशीलता प्रबद्र्धन मार्फत सदस्यको आर्थिक तथा सामाजिक समृद्धिको यात्रा तय गरेको बताउँदै समाजमा अपाङ्गगता भएका व्यक्तिहरुसँगको सहकार्यमा फरक कार्य गर्ने योजना रहेको बताउनुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले अपाङ्गता भएका व्यक्तिको सीप र उद्यमशीलता विकाससँग सम्बन्धित अवधारणा पत्र प्रस्तुत गर्दै अपाङ्गता भएका व्यक्तिको सहभागिता र क्षमता विकास सहित आत्मनिर्भरतामा संस्थाको दृष्टिकोणबारे प्रष्ट पानुभएको थियो । 

अध्यक्ष राजन श्रेष्ठको अध्यतामा भएको कार्यक्रममा सचिव मान बहादुर केसी, सल्लाहकार रामचन्द्र बस्नेत, अपाङ्ग तथा दृष्टिबिहीन समुदाय संघका अध्यक्ष रामकृष्ण तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्लामा रहेको अपाङ्ग तथा दृष्टिबिहीन समुदाय संघसँगको सहकार्यमा शेयर सदस्य, संस्थाका पदाधिकारी सञ्चालक, सल्लहकार सञ्चारकर्मी, संस्थाका कर्मचारीहरु लगायत आमन्त्रित व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

स्थापना दिवसका अवसरमा २०७९ सालबाट शुरु भएको पेन्सन बचत अन्तरगत नियमित बचत गर्दै आउनुभएका शेयर सदस्यलाई पेन्सन पासबुक हस्तान्तरण गरिएको थियो । संस्थामा शेयर सदस्यले मासिक एक हजार, एक हजार पाँच सय र दुई हजार पेन्सन बचत गर्न सक्ने व्यवस्था थियो । त्यसैगरी संस्थामा आबद्ध ८० वर्ष माथिका जेष्ठ शेयर सदस्यलाई एक हजार पाँच सयका दरले प्रोत्साहन रकम वितरणको शुरुवात गरिएको छ । संस्थामा ६० जना भन्दा बढी ८० वर्ष माथिका शेयर सदस्य छन् । 

२०५४ साल बैशाख १७ गते स्थापना भएको सहकारीमा पाँच वटा सहकारी एकीकरण भएका छन् भने कार्य क्षेत्र जिल्ला भर रहेको छ । २०७९ साल चैत्र मसान्तसम ७८ करोड २१ लाख बराबरको सम्पत्ति तथा दायित्व छ भने नौ हजार शेयर सदस्य र तीन हजार चार सय बाल बचत खाता रहेका छन् ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप