सुदूरपश्चिमका साकोसहरुबीच सहकारी अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूरपश्चिमका साकोसहरुबीच सहकारी अन्तरक्रिया 

धनगढी । सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघको आयोजनामा कैलालीमा “सहकारीका संघ/संस्थाहरुका प्रतिनिधिहरुसँग वर्तमान समयमा सहकारीमा देखापरेका समस्या समाधानका उपाय र सहकारी क्षेत्रको आगामी कार्यदिशा” सम्बन्धि संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वैशाख १८ गते सञ्चालित कार्यक्रममा सुुदूरपश्चिम प्रदेशका सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेफस्कूनका सञ्चालक सदस्य एवम् सुदूरपश्चिम प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जोशीको अध्यक्षता, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बि उप्रेतिको प्रमुख आतिथ्यता र नेफस्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको बिशिष्ठ आतिथ्यतामा कार्यक्रमको उद्घाटन  भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उप्रेतिले सहकारीले व्यवस्थापनको विधि अपनाएर ऐनमा भएका कुराहरु तत्काल लागु गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रमका विशिष्ठ आतिथि एवम् नेफस्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले  सहकारी सञ्चालन र समृद्धिका लागि प्रणाली बनाएर सहकारी अभियानलाई अगाडि बढाउनुपर्ने भन्दै नियमन गर्ने निकायले उचित निर्णय गरीदिएको भए धेरै सहकारीका समस्या समाधान भईसक्ने र अहिले देखिएको सहकारीको तरलता संगै फैलिएको भ्रमको समस्या समाधानको उपाय भनेको आफ्ना सदस्यहरुको माझमा नै फर्केर सदस्यबाट नै समस्याको सामाधान गरिनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष एवम् संघका अध्यक्ष माधब प्रसाद जोशीले सहकारी ऐनको पालना गरी स्वनियमन र सुशासनमा चलेका सहकारीमा कुनै किसिमको समस्या नरहेको र भबिष्यमा पनि नहुने कुरा प्रष्ट पार्दै सहकारी संस्थाहरुले आफ्ना बिषयगत संघमा आवद्ध भई संघ र सहकारी अभियान लाई बलियो र बिश्वासिलो बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रमा बोल्दै जोशीले अहिले पनि सहकारी नियमन निकायका कर्मचारीमा सहकारी सम्वन्धि जानकारी र शिक्षाका कारणले गर्दा पनि समस्या भएको देखिन्छ र यो बिषयको सामाधानको लागि सहकारी महासंघ र बिषयगत संघबाट समाधान गरिनु पर्ने बताउनु भएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक द्वय बिजया धिताल र शिवा थापा, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज न्यौपाने, जिल्ला सहकारी संघ कैलालीका उपाध्यक्ष भुपेन्द्र थापा, जिल्ला बचत संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, जिल्ला बचत संघ कैलालीका कोषाध्यक्ष सुरत बोगटी, नवजीवन सहकारी संस्थाका अध्यक्ष देब बहादुर बम, नवजीवन सहकारी संस्थाका सल्लाहकार डा.गोबिन्द जोसी, सि.एम.सि कैलालीमा उपाध्यक्ष लाल बहादुर भण्डारी लगायत विभिन्न सहकारी कर्मीहरुको उपस्थिति रहेको थियो ।
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप