सरकार र सहकारी  मिलेर समस्या समाधान गर्नुपर्छ : अर्थमन्त्री डा. महत 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सरकार र सहकारी  मिलेर समस्या समाधान गर्नुपर्छ : अर्थमन्त्री डा. महत 

अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको वर्तमान परिवेशमा सहकारी अभियानका समस्या समाधान गर्न सरकार र सहकारी अभियान मिलेर जानुपर्ने आवश्यक्ता औल्याउनु भएको छ । सो कुरा अर्थमन्त्री महतले सहकारी अभियान तथा सहकारी समस्या समाधान संयोजन समितिको संयूक्त टोलीलाई आइतबार बताउनुभएको हो । समितिले आईतबार अर्थमन्त्री महतलाई १३ बुँदे मागपत्र बुझाएको छ । सहकारीमा पछिल्लो समय देखिएको समस्या समाधानका लागि समितिले यस अघि २०८० वैशाख १७ गते ७ वटै प्रदेशका सहकारी सम्वद्ध मन्त्रालय एवं रजिष्ट्ररको कार्यालय, भूमि व्यवस्था, संघीय भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री तथा सहकारी विभागलाई समेत माग पत्र बुझाईसकेको छ । 

अर्थमन्त्री महतले सहकारीता समुदायमा परिचित व्यक्तिहरुद्वारा स्थापित र आन्तरिक नियन्त्रणका आधारमा सञ्चालन हुने पद्दति भएकोले वैक तथा वित्तीय संस्था भन्दा फरक पहिचान कायम राख्नु पर्नेमा जोड दिदै मागहरुलाई छलफल गरेर समाधान निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेंलले सहकारी अभियानको प्रवर्धन तथा समस्या समाधानार्थ सरकारको आगामी  आ। व। ०८०/०८१ को वार्षिक  नीति, कार्यक्रम, वजेट र अर्थविधेयकमा समावेश गर्नु पर्ने विभिन्न सुझावहरुबारे जानकारी गराउनुभयो । उहाँले सहकारीको नियमनका लागि छुट्टै दोस्रो तहको संस्था स्थापनामा समेत जोड दिनुभयो । 

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा महासंघद्वारा गठित सहकारी समस्या समाधान संयोजन समितिका संयोजक ओमदेवी मल्लले सहकारी समस्या समाधान समितिद्वारा घोषित १३ वुँदे माग प्रस्तुत गर्दै समाधानका लागि अर्थमन्त्री डा महत समक्ष अनुरोध गर्नुभएको थियो । वहाँले राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिका कारण सहकारीहरुमा तरलता संकट रहेको वताउँदै सरकारका तर्फवाट तरलता व्यवस्थापनका लागि १० अर्ब सहुलियत कर्जा उपलव्ध गराउन र सहकारी ऐन नियममा भएका प्रर्वद्धनात्मक व्यवस्थाहरुको कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले माग पुरा नभएमा सहकारी अभियान वाध्यतावश दोश्रो चरणको आन्दोलनमा जाने  वताउनु भयो ।

महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी वैंकका अध्यक्ष के वी उप्रेती, महासंघका सञ्चालक तथा संयोजन समितिका सदस्य राजेन्द्र पौडेल, पूर्व सञ्चालक तथा नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, राष्ट्रिय सहकारी वैंकका सञ्चालक तथा संयोजन समितिका सदस्यद्वय रामहरी वजगाँई तथा मनोज थापा, जिल्ला सहकारी संघ काठमाडौंका सचिव एवं संयोजन समितिका सदस्य वाल कुमार वास्तोलाले सहकारी अभियानका समस्या समाधान गर्न सरकारले  ध्यान दिन जोडदिनुभएको थियो । 

स्रोतः राष्ट्रिय सहकारी महासंघ 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप