तनहूँमा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तनहूँमा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

तनहूँमा सञ्चालित सहकारीहरुका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम प्रदान गरिएको छ । विहिबार आयोजित तालिममा विभिन्न ५६ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ८० जनाको सहभागिता रहेको थियो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.–नेफ्स्कून सेवा केन्द्र तनहूँको आयोजनामा सञ्चालित तालिमको उद्घाटन नेफ्स्कूनका सञ्चालक एवम् सदस्य सेवा कार्यलय पोखराका संयोजक चण्डी प्रसाद शर्मा पौडेलले गर्नुभएको थियो । 

तालिम उद्घाटन सत्रमा जिल्ला सहकारी संघ लि. तनहुँका अध्यक्ष प्रदिप राज अधिकारी, म्यानेजर्स क्लब दमौलीका अध्यक्ष बाबुराम मिश्र, भानु नगरपालिकाका सहकारी शाखा प्रमुख भगवती शर्मा लगायतको उपस्थिति रहेको थियो ।  

जिल्ला सहकारी संघ तनहूँका अध्यक्ष प्रदिप राज अधिकारीले सहकारी संस्था नीति र सिद्धान्त अनुरुप चल्नुपर्ने बताउँदै सदस्यको बचत सुरक्षाका लागि सहकारीले सुरक्षित ऋण परिचालनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेफ्स्कूनका सञ्चालक सदस्य चण्डी प्रसाद शर्मा पौडेलले नीति र सिद्धान्त पालना गरेका सहकारीमा समस्या नरहेको बताउनुभयो । नीतिगत निर्णय गरेर र प्रक्रिया पुर्याएर गरिएको ऋण लगानी सुरक्षित हुन्छ, जथाभावी ऋण लगानी गर्दा सदस्यको बचत जोखिममा पर्ने सम्भावना बढी हुने भएकोले सहकारीका अध्यक्ष र व्यवस्थापक त्यसतर्फ सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कून सदस्य सेवा कार्यलय पोखराका प्रमुख सुर्य प्रसाद तिमल्सीनाले गर्नु भएको थियो भने तालिम कार्यक्रम सञ्चालन नेफ्स्कून सेवा केन्द्र खैरेनिटार तनहुँका कार्यलय प्रमुख दिपक आचार्यले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप