‘वातावरण संरक्षणको लागि हामी सबै सच्चिनु जरुरी छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘वातावरण संरक्षणको लागि हामी सबै सच्चिनु जरुरी छ’

काठमाडौं । एशियाली ऋण महासंघ – अक्कु, थाईल्याण्ड र नेफ्स्कूनको प्राविधिक सहकार्यमा क्लाईमेट एक्सन – जलवायु संरक्षण कार्य सम्बन्धि ३ दिने भर्चुअल तालिम आज (मे १२) सम्पन्न भएको छ । जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पारेको असर र सो को रोकथामका लागि सदस्य, समुदाय र संस्थाले खेल्नुपर्ने भूमिकाको बारेमा तालिममा सहजीकरण गरिएको थियो । 

हरेक सदस्यले वातावरण संरक्षणका लागि कार्बन उत्सर्जन क्रियाकलाप एवं सामाग्रीहरुलाई ४ आर Reject, Reduce, Reuse, Recycle को अवधारणा अपनाउन, वातावरण मैत्री जीवन जिउन, नविकरणीय उर्जामा जोड दिन, हरेक घरको वातावरणमैत्री व्यवहारको – Energy Audit) परीक्षण, फोहोरमैला व्यवस्थापन एवं सो व्यवस्थापनको परीक्षण – ध्बWaste Audit & Waste Management) , साकोसको वस्तु तथा सेवा विकास र प्रवाहमा वातावरणमैत्री व्यवहार अपनाउन, परियोजना विश्लेषणमा क्लाईमेट एक्सन विश्लेषणको सूचक समावेश गर्ने सम्बन्धमा, जागरण र प्रवर्धनका लागि स्थानीय सरोकारवालाहरुसँगको साझेदारी लगायतका विषयमा छलफल भएको थियो । 

आगामी जुन ५, अन्र्तराष्ट्रिय वातावरण दिवसलाई लक्षित गरि सप्ताहव्यापी कार्यक्रमहरु गर्ने, सदस्यलाई सुसूचित गराउन सामाग्रीहरुको तयार गर्ने, स्वच्छ वातावरणका सूचकहरु बनाई सदस्यहरुलाई अभिमुखीकरण गर्ने लगायतका कार्ययोजना बनाई तालिम समापन भएको थियो । 

आक्कुका प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्केले पृथ्वी सबैको साझा घर भएको र मानिसहरुको वातावरणप्रतिको कार्यव्यवहारले मानिस एवं सबै पशुपंक्षीहरुलाई संकट उत्पन्न गराएकोले आगामी पुस्ताको लागि जलवायु संकट प्रमुख समस्याको रुपमा रहेको बताउँदै यो कार्यलाई सुधार गर्न हामी सबैको साझा प्रतिवद्धता रहने बताउनुभयो । तालिममा ४५ भन्दा बढी सहकारीहरुबाट ५० भन्दा बढीको सहभागिता रहेको थियो । सहभागीहरुले तालिमबाट सिकेको कुराहरु साकोसको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारीहरुबाट स्वच्छ वातावरणमैत्री अभ्यासको थालनी गर्दै यसलाई सँस्कृतिको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप