सहकारीमा मानव स्रोत व्यवस्थापन तथा संगठनात्मक व्यवहार तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा मानव स्रोत व्यवस्थापन तथा संगठनात्मक व्यवहार तालिम सञ्चालन

काठमाडौं । सहकारीको प्रभावकारी सञ्चालनका लागि मानव स्रोत व्यवस्थापन र संगठनात्मक व्यवहार सम्बन्धी तालिम सञ्चालन भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले काठमाडौंमा आयोजना गरेको तालिममा काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुरका सहकारीकर्मीहरु उपस्थित थिए । उपत्यका भित्रका र मकवानपुरको सहकारीबाट गरी ३५ जनाको सहभागिता तालिममा रहेको थियो ।
 
तालिम प्रशिक्षक, चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले प्रभावकारी संस्था सञ्चालनमा मानव स्रोत व्यवस्थापन र संगठनात्मक व्यवहारको महत्व विषयक प्रस्तुतिकरण सहित प्रशिक्षण दिनुभएको थियो । कुनै पनि संस्थाको प्रभावकारी सञ्चालनका लागि मानव स्रोत व्यवस्थापनको महत्वपूर्ण भूमिका हुन्छ, उहाँले भन्नुभयो, “संस्थामा नियुक्त गरिएका मानिसहरुको संख्या र कार्यसम्पादन गर्नका लागि उनीहरुको क्षमता, सम्भावना र सम्भाव्यतामा संस्थागत सफलता निर्भर गर्दछ ।” 

संस्थासँग आवद्ध मानिसहरुको आवश्यक गुण, क्षमता र कार्यसम्पादन शैली सँगै उनीहरुको स्वभाव, विशेषता र कार्यदक्षताको व्यवस्थित परिचालनबाट मात्र संगठनात्मक उपलब्धी हासिल हुन सक्ने उहाँले प्रष्ट पार्नुभयो । संस्थामा रहेका हरेक व्यक्तिसँग कार्य सम्पदान गर्ने सम्भावित क्षमता हुन्छ, त्यो क्षमता भएका व्यक्तिलाई सही समयमा, कामको आवश्यकता बमोजिम उच्चतम् कार्य सम्पादनका लागि विकास गर्ने, उत्प्रेरित गर्ने र उपयोग गर्ने काम मानव स्रोत व्यवस्थापन हो, यसलाई हरेक सहकारी संस्थाले महत्वका साथ परिपालना गर्नुपर्ने प्रशिक्षक श्रेष्ठले बताउनुभयो । 

तालिमको समापन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । समापनका क्रममा बोल्दै महासचिव अधिकारीले सहकारी संस्था सफल हुनुमा सुमधुर संगठनात्मक व्यवहारको भूमिका महत्वपूर्ण रहने चर्चा गर्नुभयो ।
 
सहभागीहरुको तर्फबाट आफ्नो विचार राख्दै स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत मधुकर काफ्लेले तालिम अत्यन्त उपलब्धिमुलक र समयसान्दर्भिक रहेको बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप