कर्णालीको सुर्खेतमा अभियानको साझा प्रविधि मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्णालीको सुर्खेतमा अभियानको साझा प्रविधि मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सञ्चालन

कर्णाली प्रदेश । वीरेन्द्रनगर सुर्खेतमा एकिकृत साकोस सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंकका निवर्तमान सञ्चालक हरिहर नाथ योगी, सुर्खेत जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष पदम दाहाल, नेफ्स्कून उद्यमशिल विकास उपसमिति सदस्य विर बहादुर राउत, सुर्खेत सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य बम बहादुर बि.सी., भुपेन्द्र बहादुर सिंह, बल बहादुर नेपाली, रारा ल्याव सफ्टवेयर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे, नियोसिसका प्रमुख कार्यकारी अधिकृत डा. भोजराज घिमिरे रहनु भएको थियो । 

कार्यक्रममा उपस्थित सहभागिहरुलाई सुर्खेत सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य बम बहादुर वि.सी.ले स्वागत मन्तव्य राख्नु भएको थियो । बि.सी.ले स्वागत मन्तव्य कार्यक्रममा नियोसिसको आयोजनामा सञ्चालन गरिएको मिरा ईआरपी सफ्वेयर अभिमुखीकरण कार्यक्रम एकदमै राम्रो रहेको र प्रविधिमा समय अनुसार अद्यावधिक हुन एकदमै आवश्यक रहेको वताउनु भयो । 

कार्यक्रममा नियोसिस प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले सहकारीमा सफ्टवेयरको प्रयोग, सफ्टवेयरलाई किन एकिकृत गर्न खोजिएको हो लगायतका विषयमा जानकारी गराउनु भएको थियो भने रारा ल्यावका प्रमुख कार्यकारी अधिकृत डा. भोजराज घिमिरेले मिरा इआरपीको परिचय, मिरा ईआरपीका विशेषताहरु, मोड्युलहरु, शुल्क लगायत आगामी मोड्युलका बारेमा जानकारी गराउनु भयो । 

डा. भोजराज घिमिरेले अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागिहरुबाट आएका विभिन्न किसिमका महत्वपूर्ण जिज्ञासाहरुको सम्बोधन गर्दै सकारात्मक सुझावहरुका लागि विशेष धन्यवाद ज्ञापन गर्नु भयो । 

कार्यक्रममा अतिथिको रुपमा रहनु भएका भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंकका निवर्तमान सञ्चालक हरिहर नाथ योगी र जिल्ला बचत तथा सहकारी संघका अध्यक्ष पदम दाहालले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

अभिमुखीकरण कार्यक्रमको शुभकामना मन्तव्य कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका निवर्तमान सञ्चालक हरिहर नाथ योगीले हामीले अहिले सम्म प्रयोग गरि राखेको सफ्टवेयरमा विभिन्न कार्यक्रम अनुसार फरक फरक किसिमको सफ्टवेयरको प्रयोग गर्दै आइरहेको समयमा यसले एकै क्षेत्रबाट सबै क्षेत्रको काम गर्न सकिने हुदाँ एकदमै समय सान्दर्भिक रहेको बताउनु भयो । संस्थाको वित्तीय कारोवारका लागि एउटा सफ्टवेयर, ऋण व्यवस्थापनका लागि अर्कै सफ्टवेयर, मानव संशाधन व्यवस्थापनका लागि छुट्टै सफ्टवेयरको प्रयोग गर्दा र विभिन्न किसिमका कम्पनीहरुबाट प्रयोग गरिने सफ्टवेयरले झंझटिलो र बढी खर्चिलो पनि हुने भएकोले एउटै कम्पनीबाट सबै किसिमका सुविधा भएको सफटयेयर प्रयोग गर्नु पर्ने बताउनु भयो ।  

भेरीगंगा नगरपालिकाका नगरप्रमुख ढकालले मिरा सफ्टवेयर नयाँ टेक्नोलोजी र फरक किसिमको रहेकोले सहकारीहरुलाई व्यवस्थित गर्नका लागि विज्ञहरुको अथक प्रयास पछि यो सफ्टवेयर प्रयोगमा आएको वताउनु भयो । सफ्टवेयर अति नै उपयोगी रहेको र यसको प्रयोगले साकोसका लागि चाहिने सम्पूर्ण फिचरहरु एकै हाउसबाट लिन सकिने खालको र सस्तो पनि रहेको वताउनु भयो । 

कार्यक्रमका सभाध्यक्ष महासचिव अधिकारीले मिरा ईआरपी सफ्टवेयर एकिकृत साझा सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यले विकास गरिएको बताउनुभयो ।

कार्यक्रममा दैलेख र सुर्खेत जिल्लाका विभिन्न सहकारी संस्थाहरुबाट गरी जम्मा ७५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेतका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप