रामेछापमा साकोसहरुका लागि बार्षिक योजना तथा बजेट निर्माण तालिम प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछापमा साकोसहरुका लागि बार्षिक योजना तथा बजेट निर्माण तालिम प्रदान

रामेछाप । आर्थिक बर्ष २०८०/०८१ लाई मध्यनजर गरी नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालयको आयोजनामा रामेछाप जिल्लाका सदस्य संघ संस्थाहरुको लागि बार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन भएको छ । नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको तालिममा रामेछाप जिल्ला वचत संघका अध्यक्ष जगन्नाथ दाहाल प्रमुख आतिथि तथा बचत संघका महासचिव शिवराम श्रेष्ठको आतिथ्यता रहेको थियो । तालिममा जिल्लाका २० वटा साकोस वाट ३२ जना साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि जगन्नाथ दाहालले भविष्यमा गर्ने कामको रुपरेखा अहिलेनै नवनाएमा काम गर्न अन्योलता सिर्जना भई सफलता हासिल गर्र्न नसकेको बताउँदै आगामी दिनमा सवै साकोसहरुले आफुले गर्ने कामलाई योजनावद्ध ढंगले गर्नुपर्ने स्पष्ट पार्नुभयो । साथै उचित समयमा नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालयले यो तालिम आयोजना गरेकोमा खुसि व्यक्त गर्नुहुँदै  तालिममा सिकेका कुरालाई संस्थामा गएर अनिवार्य व्यवहारमा उतार्न समेत सम्पूर्ण सहभागिहरुलाई आग्रह गर्नुभयो  ।

त्यसैगरी मन्तव्य राख्नुहुँदै सभाध्यक्ष गोविन्द प्रसाद घिमिरेले साकोसहरुको मुख्य उद्देश्य सदस्यको जिवनस्तर माथि उठाउने भए पनि अहिले आम नागरिकको सहकारी प्रतिको धारणा नकारात्मक देखिएकोले सहकारी क्षेत्रलाई एउटा विश्वसनिय खम्वाको रुपमा स्थापित गर्नको लागि हामीले भविश्यमा गर्ने काम साथै उक्त काम गर्नको निमिक्त लाग्ने अनुमानित खर्चको योजना अहिलेनै बनाएर जाने साथै सम्पूर्ण सदस्यहरुलाई संस्थाले गरीरहेको काम साथै भविष्यमा गर्ने कामको वारेमा स्पष्ट सूचना दिनुपर्ने बताउनु हुँदै सिकाईले मानिस कहिले पनि  पुर्ण नहुने हुँदा सिकाईलाई निरन्तर्ता दिन सकेमा मात्र सफल हुने कुरा व्यक्त गर्नुभयो ।

तालिममा सहभागी संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुले उचित समयमा नेफ्स्कूनद्वारा तालिम आयोजना गरेकोमा खुसि व्यक्त गर्दै यहाँ सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 

तालिमको सहजिकरण नेफ्स्कूनका वरीष्ठ अधिकृत प्रेमनाथ  वाग्ले र कार्यक्रम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो । तालिमको सञ्चालन मन्थली सदस्य सेवा कार्यालय ईन्चार्ज सुर्य बहादुर थापाले गर्नुभएको थियो भने व्यवस्थापन व्यवसाय सहायक सुनिता दाहालले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप