सीटीईभीटीबाट सम्बन्धन प्राप्त छोटो अवधिका तीन कोर्षमा शैक्षिक सत्र २०८० का लागि भर्ना खुल्यो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि

काठमाडौं । नेफ्स्कूनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त छोटो अवधिका तीनवटा कोर्षहरुमा शैक्षिक सत्र २०८० का लागि भर्ना आवेदन खुला गरेको छ । संघको तालिम तथा स्रोत केन्द्रले सहकारी व्यवस्थापक, बचत परिचालन र रिसेप्सनिष्ट कम क्यासियर विषय अध्ययनका लागि निःशुल्क आवेदन माग गरेको हो । आवेदन दिने अन्तिम मिति २०८० असार ३१ गते सम्म रहेको छ । आवेदन www.training.org.np मा क्लिक गरी भर्न सकिनेछ । 

नेफ्स्कूनले सीटीईभीटीसँगको सम्बन्धनमा संघको ३३औं स्थापना दिवसको अवसर पारेर २०७६ श्रावणदेखि सहकारी व्यवस्थापक कोर्षको औपचारिक शुभारम्भ गरेको थियो भने त्यसको केही समयपछि थप २ विषयको पठनपाठन समेत सञ्चालन गरेको थियो । ६ सय घण्टाको छोटो अवधिको तालिम अन्तर्गतको सहकारी व्यवस्थापक कोर्ष कम्तिमा ९ महिनाको अवधिमा सम्पन्न हुनेछ । नेफ्स्कून र सीटीईभीटीले तयार पारेको पाठ्यक्रममा सहकारी परिचय, योजना निर्माण, सुशासन, भौतिक व्यवस्थापन, वित्तीय व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन, बस्तु तथा सेवाको विकास, प्रवर्धन र बजारीकरण, जोखिम व्यवस्थापन गरी १५ वटा विषयहरु तय गरी सैद्धान्तिक र व्यावहारिक पाठ्यभार छुट्याईएको छ । भौतिक र भर्चुअल दुवै कक्षा सञ्चालन हुने उक्त कोर्षमा सम्वन्धित विषय विज्ञहरुबाट अध्यापन गराईन्छ । 

सहकारी निकायबाट उक्त कोर्ष सञ्चालन गर्नेमा नेफ्स्कून नेपालमै पहिलो संघको रुपमा रहेको छ । संघले कोभिड–१९ महामारीको समयमा भर्चुअल कक्षा सञ्चालन गरि सहकारी व्यवस्थापक कोर्षको पठनपाठन शुरु गरेको थियो । हालसम्म ७७ जना सहकारी व्यवस्थापक कोर्ष पुरा गरि दिक्षित हुनुभएको छ भने २० जनाले बचत परिचालनको कोर्ष पुरा गर्नुभएको छ । 

शिक्षा तथा तालिमको इतिहासमा पहिलो पाइलाको रुपमा रहेको सहकारी व्यवस्थापक कोर्ष सहकारी अभियानमा दक्ष जनशक्ति निर्माणमा कोशेढुंगा सावित भएको छ । उक्त कोर्षले सहकारीमा दक्ष र सीपयुक्त युवा जनशक्ति विकास गरी दिगो वित्तीय सहकारी निर्माणमा महत्वपूर्ण योगदान पुगेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप