मोरङमा मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङमा मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सम्पन्न  

मोरङ । सुनसरी, उदयपुर, धनकुटा, मोरङ लगायतका जिल्लाका साकोस अभियानता एवम् कार्यान्वयन अधिकारीहरु वीचमा मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण असार ७ गते मोरङको सुन्दरहरैँचामा सम्पन्न भएको छ । नेफ्स्कून र रारा ल्याबस् को संयुक्त लगानीमा नियोसिस टेक्नोलोजि प्रा. लि. को निर्माणमा एकिकृत साकोस सञ्जालका लागि साझा प्रविधिको कार्यान्वयन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको मिरा ईआरपी सफ्टवेयर साकोस अभियानमा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । अभियानको साझा प्रविधि सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा ११८ जनाको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नु भएको थियो भने कोशी प्रदेश सहकारी संघ, कोशी प्रदेश बचत संघ, जिल्ला सहकारी संघ, जिल्ला बचत संघहरुबाट र नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु लगायत विशिष्ट व्यक्तित्वहरुले अतिथ्यता गर्नु भएको थियो । साकोसहरुबाट अध्यक्ष एवम् प्रतिनिधिहरु र जिल्ला बचत संघ एवम् साकोसहरुबाट व्यवस्थापकहरुलाई नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य एवम् किसानकल्याण साकोसका अध्यक्ष सालिकराम ढकालले स्वागत गर्नु हुदै कार्यक्रमको औचित्य बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सभाध्यक्ष एवम् नेफ्स्कून महासचिव दामोदर अधिकारीले साकोस अभियान भित्र प्रविधिमा देखिएको अभावलाई लामो छलफल र कोशिश मार्फत मिरा ईआरपी ल्याएको हुदा पूर्ण समाधन दिनु पर्ने बताउनु भयो । मिरा ईआरपी मार्फत साकोस अभियानले राज्यमा पुर्याएको योगदान समेतलाई तथ्यांकको माध्यमबाट सरकार समक्ष प्रस्तुत गर्न सहज हुने विश्वास व्यक्त गर्नु भयो । एकिकृत सञ्जालका लागि साझा प्रविधिको विकास गरी एकरुपता सहितको कार्यान्वयन गर्ने उद्देश्य सहित मिरा ईआरपी बनाइएको हुनाले साकोस अभियानले सल्लाह सुझाव सहित प्रयोग गर्न अनुरोध गर्नु भयो ।

रारा ल्याब प्रा.लि. का प्रबन्ध निर्देशक मनोज घिमिरे र नियोसिस टेक्नोलोजि प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत डा. भोजराज घिमिरेले मिरा ईआरपीमा भएका फिचर एवम् सुविधाहरुबारे प्रष्ट पार्दै एकिकृत प्रविधि प्रयोगको फाइदा, सुरक्षा, लागत, लगायतका विषय समेटिएको प्रस्तुतीकरण गर्नु भएको थियो ।

प्रस्तुतीकरण पश्चात महालक्ष्मी साकोस मोरङका व्यवस्थापक विशाल खड्का, जागरुक साकोस मोरङको व्यवस्थावक र सचिव क्रमशः दामोदर निरौला र उमेश गुरुङ, कनकलक्ष्मी साकोस मोरङका कोषाध्यक्ष फणिन्द्र पौडेल, शान्तिनगर नारी साकोस सुनसरीका व्यवस्थापक करण सिवा, नवयुग साकोस मोरङका व्यवस्थापक सुमन ढकाल लगायतले जिज्ञासा, सल्लाह, सुझाव राख्नु भएको थियो भने सोबारे प्रस्तुतकर्ताहरु बाट जिज्ञासाको सम्बोधन गदैै सल्लाह, सुझावलाई सबै पक्षसँगको छलफलबाट सम्बोधन गर्ने प्रविबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन नेफ्स्कून सञ्चालक एवम् सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालले गर्नु भएको थियो भने व्यवस्थापन सुनसरी सदस्य सेवा कार्यालय इटहरी, सुनसरी साथै लेटाङ सेवा केन्द्र र विराटनगर सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुले गर्नु भएको थियो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप