महोत्तरीको बर्दिबासमा मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महोत्तरीको बर्दिबासमा मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सञ्चालन

बर्दिबास । महोत्तरीको बर्दिबासमा साकोसहरुबीच मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । नेफ्स्कून, रारा डिजिटल ल्याव र निसोसिस प्रा.लि.को संयुक्त पहलमा एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सफ्टवेयर साकोस सञ्चालनमा अत्यन्त प्रभावकारी सफ्टवेयर रहने विश्वास लिइएको छ । कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाबाट १५० जनाको सहभागिता रहेको थियो । 

कार्यक्रम नेफस्कूनका महासचिव दामोदर अधिकारीको अध्यक्षतामा भएको थियो । अध्यक्ष अधिकारीले बचत तथा ऋण सहकारीको क्षेत्रमा सम्पूर्ण समाधान सहितको आधुनिक नयाँ प्रविधि मिरा ईआरपीले सहकारी सञ्चालनमा चुस्तता, मितव्ययिता र प्रभावकारिता ल्याउनुको साथै सुशासन कायम गर्नमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  मिरा ईआरपी सफ्टवेयर एकिकृत साझा सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यसहित निर्माण भएकोले यसमा सम्पूर्ण साकोसहरु सहभागी भई सेवा लिन अनुरोध गर्नुभयो । 

नियोसिस टेक्नोलोजि प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डा.भोज राज घिमिरे र रारा डिजिटल ल्यावका प्रवन्ध निर्देशक मनोज घिमिरेले मिरा इआरपी सफ्टवेयरको विशेषता, एकीकृत प्रविधि प्रयोगको फाइदा र फिचरहरु सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक हरेराम पटेल, पर्सा बचत संघका अध्यक्ष राजेश पंडित, बारा बचत संघका अध्यक्ष सतेन्द्र ठाकुर, रौतहट जिल्ला बचत संघका अध्यक्ष देवकी नेपाल, सप्तरी बचत संघका अध्यक्ष भावना चौधरी लगायत स्थानीय सहकारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप