पोखरामा साकोसहरुबीच मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा साकोसहरुबीच मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण 

कास्की । गण्डकी प्रदेशका साकोसहरुबीच पोखरामा मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण शनिबार सम्पन्न भएको छ । नेफ्स्कून, रारा डिजिटल ल्याव र नियोसिस टेक्नोलोजि प्रा.लि.को संयुक्त पहलमा एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सफ्टवेयर साकोस सञ्चालनमा अत्यन्त प्रभावकारी सफ्टवेयर रहने विश्वास लिइएको छ । कार्यक्रममा गण्डकी प्रदेशभरिका संस्थाहरुका ८० बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, सञ्चालक र व्यवस्थापकहरु गरी १८० जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रम नेफस्कूनका सञ्चालक सदस्य कमलदेबी गिरीको अध्यक्षतामा  भएको थियो भने प्रमुख ब्यक्तित्वको रुपमा नेफस्कूनका अध्यक्ष परितोष पौड्याल रहनुभएको थियो ।  

अध्यक्ष पौड्यलले ब्राण्ड व्यवस्थापनमा एकरुपता ल्याउन कार्यालय व्यवस्थापनदेखि सम्पूर्ण सञ्चालन प्रक्रिया र उच्चस्तरीय प्रविधि (मिरा इआपी) का सवै आयामहरु लगायतका विषयमा एकरुपता ल्याउने उद्देश्यसहित साकोस सञ्जालका लागि साझा प्रविधि निर्माण भएको जानकारी गराउनुभयो । सम्पूर्ण समाधान सहितको आधुनिक नयाँ प्रविधि मिरा ईआरपीले सहकारी सञ्चालनमा चुस्तता, मितव्ययिता र प्रभावकारिता ल्याउनुको साथै सुशासन कायम गर्नमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

कार्यक्रमको अध्यक्षता गर्नुहुने कमलादेवी गिरीले मिरा ईआरपी सफ्टवेयर एकिकृत साझा सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यसहित निर्माण भएको र यसमा सम्पूर्ण साकोसहरु सहभागी भई सेवा लिन अनुरोध गर्नुभयो । 

नेफस्कूनका सदस्य सेवा कार्यलयका व्यवस्थापन समितिका सदस्य जगनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै साकोसहरुमा एकीकृत प्रविधि प्रयोग मार्फत एकरुपता हुने बताउनुभयो । 

नियोसिस टेक्नोलोजी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डा.भोज राज घिमिरे र रारा डिजिटल ल्यावका प्रवन्ध निर्देशक मनोज घिमिरेले मिरा इआरपी सफ्टवेयरको विशेषता, एकीकृत प्रविधि प्रयोगको फाइदा र फिचरहरु सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका पोखरा सदस्य सेवा कार्यलयका व्यवस्थापन उससमितिका सदस्य जगनाथ अधिकारी, विद्या श्रेष्ठ, निरज थापा, रामजी प्रसाद सुबेदी, भेषराज बराल, महानगर सहकारी समितीका बिज्ञ नारायण प्रसाद आचार्य, बचत संघ स्याङजा अध्यक्ष रविन्द्र श्रेष्ठ र सी. एम. सी. कास्कीका अध्यक्ष अपिल कोइरालाको आतिथ्यता रहेको थियो । 

कार्यक्रम सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको थियो । पोखरा सदस्य सेवा कार्यालयका प्रमुख सूर्य प्रसाद तिमल्सीनाले हालको बन्दाबन्दीको अवस्थामा ऋण लगानीको पुर्नेतालिकीकरणको बिषयमा सहभागीहरुसँग सुझाव संकलन सम्बन्धमा जानकारी गराउनुभएको थियो ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप