दाङको घोराहीमा बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङको घोराहीमा बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सञ्चालन

दाङ । दाङमा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सञ्चालन भएको छ । नेफ्स्कून दाङ सदस्य सेवा कार्यालयको आयोजनामा असार ९ र १० गते दुई दिने बचत तथा ऋण सहकारी संस्थाहरुको बजार प्रतितिधिहरुका लागि क्षमता विकास तलिम सञ्चालन गरिएको हो । 

नेफ्स्कून, दाङ सदस्य सेवा कार्यालयले आयोजना गरेको दुई दिने तालिममा नेफ्स्कून सदस्य सेवा कार्यालय दाङका उप समिति सदस्य भरत बहादुर बुढाथोकीको अध्यक्षता, दाङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिमल अधिकारीको प्रमुख आतिथ्यता र नेफ्स्कून सदस्य सेवा कार्यालयका उपसमिति सदस्य शिवध्वज मल्लको आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि अधिकारीले बचत तथा ऋण सहकारीले सहकारीका मालिक रहेका सदस्यसँग वित्तीय तथा गैरवित्तीय कारोबार गर्ने भएकोले सदस्यसँगको सम्बन्ध विस्तारमा बजार प्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । सहकारीले बजार प्रतिनिधिहरुलाई दक्ष र क्षमतावान बनाउन तालिम उपयोगिताको सम्बन्धमा प्रकाश पार्नुभयो । 

कार्यक्रममा अध्यक्ष भरत बुढाथोकीले बजार प्रतिनिधिहरुले सदस्यलाई संस्थासँग नियमित रुपमा जोड्ने, सम्पर्कमा राखिरहने र सदस्यहरुमा सूचना प्रवाह गर्ने देखि लिएर सदस्यको अवस्थाका बारेमा समेत जानकारी गराउने भएकोले बजारप्रतिनिधिहरुलाई त्यस कार्यमा दक्ष बनाउन तालिम प्रदान गरिएको जानकारी गराउँदै सम्पूर्ण सहभागिहरुलाई सक्रियरुपमा सहभागी भएर ज्ञान हासिल गर्न अनुरोध गर्नुभयो ।

तालिममा दाङ, प्यूठान, रोल्पा र सल्यान जिल्लाका विभिन्न बचत तथा ऋण सहकारीबाट ३० जनाको सहभागिता रहेको थियो । तालिममा मुख्य प्रशिक्षकको रुपमा नेफ्स्कून तालिम अधिकृत कोमलराज अधिकारीले प्रशिक्षण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सदस्य सेवा कार्यालयका ईन्चार्ज बिष्णु जोशीले गर्नुभएको कार्यक्रममा ब्यवस्थापन सदस्य सेवा कार्यालय सहायक पुजा अग्रहरी र दिनेश महराले गर्नुभएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२१ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप