नेफ्स्कून र युएसएआइडी बीच सम्झौता, सदस्य लक्षित उद्यम विस्तारमा जोड 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र युएसएआइडी बीच सम्झौता, सदस्य लक्षित उद्यम विस्तारमा जोड 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र युएसएआइडी (USAID) ट्रेड एण्ड कम्पिटिटिभ्नेसबीच सहयोग पत्र (LOC)  मा हस्ताक्षर भएको छ । असार ८ गते नेफ्स्कून केन्द्रीय कार्यालय नयाँबानेश्वरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच संघका अध्यक्ष परितोष पौड्याल, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र युएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभ्नेस डिपार्टमेन्ट पार्टी प्रमुख एग्नेस लुजले सो पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।  

संघ र युएसएआइडी बीचको सहयोगात्मक प्रयासको उद्देश्य मुख्यतया अनुदान सहायता मार्फत लक्षित क्षेत्रहरूमा नेपाली उद्यमहरूको प्रतिस्पर्धात्मकता र उत्पादकत्वमा सुधार गर्नु रहेको छ ।  अनुदानको रूपमा सहकारी सहयोगलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्न र लचिलोपन क्षमतालाई सफलतापूर्वक वृद्धि गर्न एमएसएमईहरूलाई सहयोग गर्न प्रयोग गरिने संघले जनाएको छ । युएसएआइडी ट्रेड र प्रतिस्पर्धात्मकताले स्थानीय उत्पादन, पर्यटन अनुभव र डिजिटल सेवाहरू जस्ता उच्च मूल्यको निर्यात बढाउन र विविधीकरण गर्न नेपालको महत्वाकांक्षालाई अगाडि बढाउन मद्दत गर्ने संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले जानकारी गराउनुभयो । उहाँले प्रारम्भिक चरणमा युएसएआइडी सँगको सहकार्यबाट नयाँ रणनीतिक मार्गचित्र चार्टर गर्न, उपयुक्त नीतिहरूको मस्यौदा र वित्तीय साक्षरता सम्बन्धी कार्यशालाहरू सञ्चालन गर्न सहयोग हुने बताउनुभयो ।  

युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभ्नेस परियोजना व्यवसायीक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, लघु, साना तथा मझौला व्यवसायलाई प्रबद्र्धन गर्न तथा विश्वव्यापी बजारीकरणमा नेपालको कृषि, पर्यटन, डिजिटल सेवा लगायतका क्षेत्रबाट सहभागिता बढाउन विभिन्न सहकारी, निजी तथा सहकारी क्षेत्रहरुसँगको सहकार्यका लागि परियोजना अगाडि बढाइएको संघले जनाएको छ ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप