पूर्वी पहाडी जिल्लामा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूर्वी पहाडी जिल्लामा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया

कोशी प्रदेश । पूर्वी पहाडी जिल्ला धनकुटा र भोजपुरमा सञ्चालित सहकारी प्रतिनिधिहरुबीच नेफ्स्कून अन्तरक्रिया सम्पन्न भएको छ ।  कार्यक्रम नेफ्स्कूनका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेफ्स्कून सञ्चालक एवम् सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालको उपस्थितिमा भएको थियो । श्रावण ८ गते धनकुटामा आयोजित सहकारी अभियानका समसामयिक विषय लक्षित अन्तरक्रिया कार्यक्रममा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदी, तेह्रथुमका अध्यक्ष छत्रप्रसाद रिमाल लगायत २७ जना सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । त्यसैगरि श्रावण ९ गते भोजपुर बजारमा सञ्चालित अन्तरक्रिया कार्यक्रममा जिल्ला बचत संघ भोजपुरका अध्यक्ष भरत ताम्राकार लगायत १९ जना सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनका कार्यवाहक अध्यक्ष ढकालले साकोस र नेफ्स्कूनको सामिप्यतालाई कसरी अझै नजिक बनाउनु सकिन्छ सो बारे सुझाव दिन अनुरोध गर्नु हुदै दुबै जिल्लाका सबै साकोसहरुले अभियानमा सँगसँगै यात्रा गर्न सकेमा मात्र एकता बलियो हुने विचार व्यक्त गर्नु भयो । साकोसहरुलाई सुरक्षित र दिगो बनाउन गुणस्तर सुनिश्चितता कार्यक्रममा अनिवार्य सहभागी भई साकोसको जोखिम न्यूनीकरणमा लाग्न अनुरोध गर्नुभयो । उहाँले मन्तव्यको क्रममा अवको आवश्यकता नेतृत्वको साझा बुझाई सहितको ऐक्यवद्धता रहेको र सो को कार्यान्वयन साकोस अभियानबाट पूर्ण रुपमा हुनु पर्ने भएकोले सबैले कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले साकोस अभियानमा हाल देखिएका समस्याहरुको चर्चा गर्दै साकोस अभियानमा भएका राम्रा विषय एवम् पक्षलाई सदस्य माझ पुर्याउनु पर्ने बताउदै नियामक निकायमा क्षमता विकासको आवश्यकता भएको र सो नेफ्स्कूनले विकास गरी कार्यान्वयनमा ल्याइसकेको आधारशिला कार्यक्रम धनकुटा र भोजपुर जिल्लाका सबै पालिकाहरुमा समन्वय गर्न समेत अनुरोध गर्नु भयो । उत्साजनक उपस्थितिको लागि साकोस अभियान कर्मीहरुलाई हार्दिक धन्यवाद एवम् थप सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

अन्तरक्रियामा सहभागी सहकारी प्रतिनिधिहरुले हालका समस्या, चुनौति र समाधानका उपायहरु बारे आ–आफ्नो अनुभव र सुझावहरु राख्नु भएको थियो ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप