सहकारी अभियानको दिगो विकासका लागि १० बुँदे साझा प्रतिबद्धता जारी गर्दै लुम्बिनी प्रदेशस्तरीय सहकारी अन्तरिक्रया सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानको दिगो विकासका लागि १० बुँदे साझा प्रतिबद्धता जारी गर्दै लुम्बिनी प्रदेशस्तरीय सहकारी अन्तरिक्रया सम्पन्न

रुपन्देही । सहकारी अभियानको दिगो विकासका लागि १० बुँदे साझा प्रतिबद्धता जारी गर्दै लुम्बिनी प्रदेशस्तरीय सहकारी अन्तरिक्रया शनिवार बुटवलमा सम्पन्न भएको छ । वित्तीय कारोबार गर्ने सहकारी संघसंस्थाहरुको छवि प्रवर्धन गरी सहकारी अभियानको दिगो विकास गर्ने उद्देश्यसहित आयोजित प्रदेशस्तरीय वृहत अन्तरक्रिया कार्यक्रम प्रदेश बचत तथा ऋण सहकारी संघ लि., लुम्बिनीको आयोजना, रुपन्देही बचत तथा ऋण सहकारी संघ लि. को सहआयोजना र राष्ट्रिय सहकारी बैंक  र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कूनं) को सहयोगमा भएको थियो । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतिको प्रमुख आतिथ्यता, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालक, राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचनको विशेष आतिथ्यता र नेफ्स्कूनका सञ्चालक सन्दिप सापकोटाको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष पदाधिकारीहरु र लुम्बिनी प्रोस्कूनका पदाधिकारीहरु गरी ६० जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहकारीको समसामयिक वस्तुस्थिति, अभियानको सुदृढीकरण र छवि प्रवर्धनको विषयमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । 

लुम्बिनी प्रदेश भित्र रहेका वित्तीय सहकारी अभियानको तर्फबाट जारी १० बुँदे प्रतिबद्धता

प्रतिबद्धता पत्र

मितिः २०८०/०४/१३

प्रदेश बचत तथा ऋण सहकारी संघ लि., लुम्बिनीको आयोजना, रुपन्देही बचत तथा ऋण सहकारी संघ लि. को सहआयोजना र राष्ट्रिय सहकारी बैंक  र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कूनं) को सहयोगमा आयोजित विषम परिस्थितिमा सहकारीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमबाट वित्तीय कारोबार गर्ने सहकारी संघसंस्थाहरुको छवि प्रवर्धन गरी सहकारी अभियानको दिगो विकासको लागि लुम्बिनी प्रदेश भित्र रहेका वित्तीय सहकारी अभियानको तर्फबाट तपशिल बमोजिम प्रतिबद्धता जाहेर गर्दछौं ।

१. लुम्बिनी प्रदेशका सम्पूर्ण वचत तथा ऋण सहकारी संघ/संस्थाका संचालक तथा सदस्यहरुलाई सहकारीका मुल्य, मान्यता र सिद्धान्तहरुलाई ब्यवहारीक रुपमा देखिने गरी अवलम्वन गर्न र सहकारी ऐन, नियमावली तथा नियामक निकायका परिपत्र तथा निर्देशनहरु पूर्ण परिपालना गर्न प्रतिबद्ध छौं ।

२. वित्तीय कारोवार गर्ने सम्पूर्ण सहकारी संघसंस्थाहरुमा वित्तीय अनुशासन कायम गर्न पल्र्स अनुगमन प्रणाली तथा राज्यद्धारा जारी मापदण्डहरु कार्यान्वयन गर्न गराउन प्रतिबद्ध छौं ।

३. वित्तीय कारोबार गर्ने सम्पूर्ण सहकारीहरुले प्रचलित नियम, कानुन र संस्थाको साधारणसभाबाट पारित आन्तरिक कार्यविधि समेतको पुर्ण पालना गरी ऋण लगानी एवम् अशुली सम्बन्धी असल अभ्यास अगिंकार गर्न, गराउन प्रतिवद्ध छौं ।

४. सदस्य र संस्थाहरु विचको सम्वन्ध सुधारका लागि सहकारी संस्थाहरुमा सदस्य शिक्षा शिविर लगायतका कार्यक्रमहरु अनवरत रुपमा संचालन गर्न, सहकारी संस्थाको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक प्राविधिक सहयोग गर्न राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, प्रदेश बचत तथा ऋण सहकारी संघ र लुम्बिनी प्रदेशका सबै जिल्लाका बचत तथा ऋण सहकारी संघहरु एक्यवद्धता जनाउँदछौं ।

५. संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाई विश्वसनीयता बढाउन लेखा सुपरिवेक्षण समितिको क्षमता विकास गरी थप सक्रीय बनाउन र ठुलो वित्तीय कारोवार भएका सहकारीले आन्तरीक लेखापरीक्षक नियुक्त गर्न, गराउन प्रतिबद्ध छौं ।

६. सहकारी संस्थाहरुको एकिकरण कार्यलाइ तिव्रता दिन यस प्रदेशका सम्पूर्ण सहकारी अभियानकर्मी र राज्यका निकायहरुलाइ आह्वान गर्दछौं ।

७.  सहकारी ऐनमा ब्यवस्था भएका कर्जा सूचनाकेन्द्र, कर्जा असुली न्यायाधीकरण, बचत तथा ऋण सुरक्षण कोष अविलम्व कार्यान्वयन गर्न र स्थिरिकरण कोषलाई प्रभावकारी बनाउन राज्य समक्ष जोडदार माग गर्दछौं ।

८.  सहकारी नियमावलीमा भएको ब्यवस्था अनुसार समग्र सहकारी अभियानको पुनःसंरचना गरी सहकारीको संख्या, प्रकृती हेरी दोश्रो तहको नियमक निकायको ब्यवस्था गर्न माग गर्दछौं ।

९. सहकारीमा जम्मा भएको पूँजीको परिचालन सदस्यहरुमार्फत उत्पादन मुलक क्षेत्रमा मात्र परिचालन गर्न गराउन प्रतिबद्ध छौं ।

१०. साकोस अभियानलाई थप प्रभावकारी एवम् जवाफदेहि बनाउन सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिमा प्रतिनिधित्वको लागि निर्वाचन निर्देशिकामा फिट एण्ड प्रोपर टेष्ट गर्ने व्यवस्था लागु गर्न प्रतिवद्धता जाहेर गर्दछौं ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५९ दिन अगाडि

पाठकबाट थप