सहकारी अभियानको दिगो विकासका लागि १० बुँदे साझा प्रतिबद्धता जारी गर्दै लुम्बिनी प्रदेशस्तरीय सहकारी अन्तरिक्रया सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानको दिगो विकासका लागि १० बुँदे साझा प्रतिबद्धता जारी गर्दै लुम्बिनी प्रदेशस्तरीय सहकारी अन्तरिक्रया सम्पन्न

रुपन्देही । सहकारी अभियानको दिगो विकासका लागि १० बुँदे साझा प्रतिबद्धता जारी गर्दै लुम्बिनी प्रदेशस्तरीय सहकारी अन्तरिक्रया शनिवार बुटवलमा सम्पन्न भएको छ । वित्तीय कारोबार गर्ने सहकारी संघसंस्थाहरुको छवि प्रवर्धन गरी सहकारी अभियानको दिगो विकास गर्ने उद्देश्यसहित आयोजित प्रदेशस्तरीय वृहत अन्तरक्रिया कार्यक्रम प्रदेश बचत तथा ऋण सहकारी संघ लि., लुम्बिनीको आयोजना, रुपन्देही बचत तथा ऋण सहकारी संघ लि. को सहआयोजना र राष्ट्रिय सहकारी बैंक  र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कूनं) को सहयोगमा भएको थियो । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतिको प्रमुख आतिथ्यता, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालक, राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचनको विशेष आतिथ्यता र नेफ्स्कूनका सञ्चालक सन्दिप सापकोटाको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष पदाधिकारीहरु र लुम्बिनी प्रोस्कूनका पदाधिकारीहरु गरी ६० जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहकारीको समसामयिक वस्तुस्थिति, अभियानको सुदृढीकरण र छवि प्रवर्धनको विषयमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । 

लुम्बिनी प्रदेश भित्र रहेका वित्तीय सहकारी अभियानको तर्फबाट जारी १० बुँदे प्रतिबद्धता

प्रतिबद्धता पत्र

मितिः २०८०/०४/१३

प्रदेश बचत तथा ऋण सहकारी संघ लि., लुम्बिनीको आयोजना, रुपन्देही बचत तथा ऋण सहकारी संघ लि. को सहआयोजना र राष्ट्रिय सहकारी बैंक  र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कूनं) को सहयोगमा आयोजित विषम परिस्थितिमा सहकारीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमबाट वित्तीय कारोबार गर्ने सहकारी संघसंस्थाहरुको छवि प्रवर्धन गरी सहकारी अभियानको दिगो विकासको लागि लुम्बिनी प्रदेश भित्र रहेका वित्तीय सहकारी अभियानको तर्फबाट तपशिल बमोजिम प्रतिबद्धता जाहेर गर्दछौं ।

१. लुम्बिनी प्रदेशका सम्पूर्ण वचत तथा ऋण सहकारी संघ/संस्थाका संचालक तथा सदस्यहरुलाई सहकारीका मुल्य, मान्यता र सिद्धान्तहरुलाई ब्यवहारीक रुपमा देखिने गरी अवलम्वन गर्न र सहकारी ऐन, नियमावली तथा नियामक निकायका परिपत्र तथा निर्देशनहरु पूर्ण परिपालना गर्न प्रतिबद्ध छौं ।

२. वित्तीय कारोवार गर्ने सम्पूर्ण सहकारी संघसंस्थाहरुमा वित्तीय अनुशासन कायम गर्न पल्र्स अनुगमन प्रणाली तथा राज्यद्धारा जारी मापदण्डहरु कार्यान्वयन गर्न गराउन प्रतिबद्ध छौं ।

३. वित्तीय कारोबार गर्ने सम्पूर्ण सहकारीहरुले प्रचलित नियम, कानुन र संस्थाको साधारणसभाबाट पारित आन्तरिक कार्यविधि समेतको पुर्ण पालना गरी ऋण लगानी एवम् अशुली सम्बन्धी असल अभ्यास अगिंकार गर्न, गराउन प्रतिवद्ध छौं ।

४. सदस्य र संस्थाहरु विचको सम्वन्ध सुधारका लागि सहकारी संस्थाहरुमा सदस्य शिक्षा शिविर लगायतका कार्यक्रमहरु अनवरत रुपमा संचालन गर्न, सहकारी संस्थाको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक प्राविधिक सहयोग गर्न राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, प्रदेश बचत तथा ऋण सहकारी संघ र लुम्बिनी प्रदेशका सबै जिल्लाका बचत तथा ऋण सहकारी संघहरु एक्यवद्धता जनाउँदछौं ।

५. संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाई विश्वसनीयता बढाउन लेखा सुपरिवेक्षण समितिको क्षमता विकास गरी थप सक्रीय बनाउन र ठुलो वित्तीय कारोवार भएका सहकारीले आन्तरीक लेखापरीक्षक नियुक्त गर्न, गराउन प्रतिबद्ध छौं ।

६. सहकारी संस्थाहरुको एकिकरण कार्यलाइ तिव्रता दिन यस प्रदेशका सम्पूर्ण सहकारी अभियानकर्मी र राज्यका निकायहरुलाइ आह्वान गर्दछौं ।

७.  सहकारी ऐनमा ब्यवस्था भएका कर्जा सूचनाकेन्द्र, कर्जा असुली न्यायाधीकरण, बचत तथा ऋण सुरक्षण कोष अविलम्व कार्यान्वयन गर्न र स्थिरिकरण कोषलाई प्रभावकारी बनाउन राज्य समक्ष जोडदार माग गर्दछौं ।

८.  सहकारी नियमावलीमा भएको ब्यवस्था अनुसार समग्र सहकारी अभियानको पुनःसंरचना गरी सहकारीको संख्या, प्रकृती हेरी दोश्रो तहको नियमक निकायको ब्यवस्था गर्न माग गर्दछौं ।

९. सहकारीमा जम्मा भएको पूँजीको परिचालन सदस्यहरुमार्फत उत्पादन मुलक क्षेत्रमा मात्र परिचालन गर्न गराउन प्रतिबद्ध छौं ।

१०. साकोस अभियानलाई थप प्रभावकारी एवम् जवाफदेहि बनाउन सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिमा प्रतिनिधित्वको लागि निर्वाचन निर्देशिकामा फिट एण्ड प्रोपर टेष्ट गर्ने व्यवस्था लागु गर्न प्रतिवद्धता जाहेर गर्दछौं ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप