किर्तिमानहरु कायम भएको विश्व क्रेडिट युनियन सम्मेलन–२०२३
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किर्तिमानहरु कायम भएको विश्व क्रेडिट युनियन सम्मेलन–२०२३

क्यानबेराको भ्यानकुभरमा आयोजित विश्व क्रेडिट युनियन सम्मेलन– २०२३ मा विभिन्न किर्तिमान कायम भएका छन् । बचत तथा ऋण सहकारीहरुको विश्वस्तरीय छाता संघ विश्व ऋण परिषद् (ओकू) ले करिब एक दशकपछि उत्तर अमेरिकी मुलुक क्यानाडामा आयोजित ४ दिने सम्मेलनमा थुप्रै किर्तिमानहरु तोडिएको दाबी गरेको छ ।

भ्यानकूभर कन्भेन्सन सेन्टरमा यही जुलाई २३ देखि २६ सम्म आयोजित सम्मेलनमा यो पटक ६० सदस्य राष्ट्रका ३ हजार बढी सहभागी भएका थिए । सहभागिताका दृष्टिले यो आफैमा अहिलेसम्मकै किर्तिमान हो । यसैगरी, सम्मेलनका क्रममा करिब १ सय वक्ताहरु रहेका थिए भने मुख्य विषयवस्तु र ब्रेक आउट सेसन गरी ४० वटा प्रस्तुति गरिएको थियो । सम्मेलनमा वक्ता र विषयवस्तुको संख्या दुबै किर्तिमान भएको ओकूले जनाएको छ । त्यस्तै, कार्यक्रम आयोजना स्थलमा स्टलहरु भाडामा लिएर आफ्नो व्यवसाय प्रवर्धन गर्ने बिक्रेताहरुको पनि कीर्तिमानी सहभागिता रह्यो । ओकूले अमेरिकाबाहिर आयोजना गरेका कार्यक्रमहरुमध्ये यो पटक सबैभन्दा बढी बिक्रेताहरुको साथ पाएको उल्लेख गरेको छ । 

अर्को महत्वपूर्ण विषय भनेको उक्त सम्मेलन सामाजिक सञ्जालमा पनि लोकप्रिय भएको छ । सम्मेलनका समाचार र गतिविधिहरु सामाजिक सञ्जालमा अत्यधिक सेयर गरिएका छन् । सामाजिक सञ्जालहरु फेसबुक, इन्स्टाग्राम, ट्वीटर र लिङ्कदिनमा गरी ओकूको ह्यासट्याग #wcuc2023,सम्मेलन समापन भएको भोलिपल्ट २ हजार पटक सेयर भएका थिए । उक्त सम्मेलनमा नेपालबाट नेफ्स्कून तथा राष्ट्रिय सहकारी बैंकको सहभागिता रहेको थियो । ओकूले अर्को वर्ष अर्थात् सन् २०२४ को विश्व क्रेडिट युनियन सम्मेलन अमेरिकाको बोस्टनमा आयोजना हुने जनाएको छ । अमेरिकी बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ क्यूनासँगको सहकार्यमा उक्त सम्मेलन जुलाई २१ देखि २४ सम्म आयोजना गरिने ओकूले उल्लेख गरेको छ ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१० घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२४ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप