किर्तिमानहरु कायम भएको विश्व क्रेडिट युनियन सम्मेलन–२०२३
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किर्तिमानहरु कायम भएको विश्व क्रेडिट युनियन सम्मेलन–२०२३

क्यानबेराको भ्यानकुभरमा आयोजित विश्व क्रेडिट युनियन सम्मेलन– २०२३ मा विभिन्न किर्तिमान कायम भएका छन् । बचत तथा ऋण सहकारीहरुको विश्वस्तरीय छाता संघ विश्व ऋण परिषद् (ओकू) ले करिब एक दशकपछि उत्तर अमेरिकी मुलुक क्यानाडामा आयोजित ४ दिने सम्मेलनमा थुप्रै किर्तिमानहरु तोडिएको दाबी गरेको छ ।

भ्यानकूभर कन्भेन्सन सेन्टरमा यही जुलाई २३ देखि २६ सम्म आयोजित सम्मेलनमा यो पटक ६० सदस्य राष्ट्रका ३ हजार बढी सहभागी भएका थिए । सहभागिताका दृष्टिले यो आफैमा अहिलेसम्मकै किर्तिमान हो । यसैगरी, सम्मेलनका क्रममा करिब १ सय वक्ताहरु रहेका थिए भने मुख्य विषयवस्तु र ब्रेक आउट सेसन गरी ४० वटा प्रस्तुति गरिएको थियो । सम्मेलनमा वक्ता र विषयवस्तुको संख्या दुबै किर्तिमान भएको ओकूले जनाएको छ । त्यस्तै, कार्यक्रम आयोजना स्थलमा स्टलहरु भाडामा लिएर आफ्नो व्यवसाय प्रवर्धन गर्ने बिक्रेताहरुको पनि कीर्तिमानी सहभागिता रह्यो । ओकूले अमेरिकाबाहिर आयोजना गरेका कार्यक्रमहरुमध्ये यो पटक सबैभन्दा बढी बिक्रेताहरुको साथ पाएको उल्लेख गरेको छ । 

अर्को महत्वपूर्ण विषय भनेको उक्त सम्मेलन सामाजिक सञ्जालमा पनि लोकप्रिय भएको छ । सम्मेलनका समाचार र गतिविधिहरु सामाजिक सञ्जालमा अत्यधिक सेयर गरिएका छन् । सामाजिक सञ्जालहरु फेसबुक, इन्स्टाग्राम, ट्वीटर र लिङ्कदिनमा गरी ओकूको ह्यासट्याग #wcuc2023,सम्मेलन समापन भएको भोलिपल्ट २ हजार पटक सेयर भएका थिए । उक्त सम्मेलनमा नेपालबाट नेफ्स्कून तथा राष्ट्रिय सहकारी बैंकको सहभागिता रहेको थियो । ओकूले अर्को वर्ष अर्थात् सन् २०२४ को विश्व क्रेडिट युनियन सम्मेलन अमेरिकाको बोस्टनमा आयोजना हुने जनाएको छ । अमेरिकी बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ क्यूनासँगको सहकार्यमा उक्त सम्मेलन जुलाई २१ देखि २४ सम्म आयोजना गरिने ओकूले उल्लेख गरेको छ ।


 

भर्खरै
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त

७ घण्टा अगाडि

'सही समयमा जारी निर्देशन तथा मापदण्डहरु सहकारीको हितमा छन् '
'सही समयमा जारी निर्देशन तथा मापदण्डहरु सहकारीको हितमा छन् '

८ घण्टा अगाडि

सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड

९ घण्टा अगाडि

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहकारीमा ?
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहका...

२३ घण्टा अगाडि

गलत काममा मेरो संलग्नता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री बलराम अधिकारी
गलत काममा मेरो संलग्नता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री बलराम अधिकारी

२४ घण्टा अगाडि

सदस्मैत्री सेवा प्रवाह गर्दै सुखद सालतमामी गर्न सफल भएकोमा जनउत्थान साकोसद्वारा सदस्यहरुप्रति धन्यवाद ज्ञापन 
सदस्मैत्री सेवा प्रवाह गर्दै सुखद सालतमामी गर्न सफल भएकोमा जनउत्थान साकोसद्वारा सदस्यहरुप्रति धन्यवा...

१ दिन अगाडि

चन्द्रागिरि ट्याब बैंकिङ सेवा शुभारम्भ : प्रविधियुक्त सेवा विस्तारमा जोड  
चन्द्रागिरि ट्याब बैंकिङ सेवा शुभारम्भ : प्रविधियुक्त सेवा विस्तारमा जोड  

१ दिन अगाडि

नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना
नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना

३ दिन अगाडि

लोकप्रिय
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना
नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना

३ दिन अगाडि

राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त

७ घण्टा अगाडि

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहकारीमा ?
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहका...

२३ घण्टा अगाडि

काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम
काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम

५७५ दिन अगाडि

अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूलक काममा लगाउनुपर्नेमा जोड
अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूल...

६६४ दिन अगाडि

बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यश...

६८४ दिन अगाडि

बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न
बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न

६८५ दिन अगाडि

पाठकबाट थप