संखुवासभाको खाँदबारीमा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संखुवासभाको खाँदबारीमा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया 

संखुवासभा । नेफ्स्कूनको आयोजना र जिल्ला बचत संघ संखुवासभाको व्यवस्थापन सहकार्यमा श्रावण १० गते जिल्ला भरका साकोस (बचत तथा ऋण) हरुका २४ जना अभियानकर्मीहरुसँग समसामयिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो । कार्यक्रम नेफ्स्कून सञ्चालक एवम् सुनसरी सदस्य सेवा कार्यालय इटहरी, सुनसरी व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालको अध्यक्षता र नेफ्स्कून कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष आतिथ्यता साथै जिल्ला बचत संघ अध्यक्ष छत्रमणी पन्त र संथापक अध्यक्ष युवराज शाक्यको आतिथ्यतामा सम्पन्न भएको थियो ।

अन्तक्रियाको क्रममा सबै प्रतिनिधिहरुले हालका समस्या, चुनौती र समाधानका उपायहरुबारे आ–आफ्नो अनुभव र सुझावहरु राख्नु भएको थियो । जिल्ला बचत संघ अध्यक्ष र संस्थापक अध्यक्षले यस्ता कार्यक्रम मार्फत सकारात्मक परिवर्तन हुने भएको हँुदा छाता संघहरुलाई अझ गतिविधि बढाउन सुझाव दिदैं यो कार्यक्रम आयोजनाको लागि नेफ्स्कून परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो ।

नेफ्स्कून कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस र नेफ्स्कूनको सामिप्यतालाई कसरी अझै नजिक बनाउनु सकिन्छ सो बारे सुझाव दिन अनुरोध गर्नु हुदै दुबै जिल्लाका सबै साकोसहरुले अभियानमा सँगसँगै यात्रा गर्न सकेमा मात्र एकता बलियो हुने विचार व्यक्त गर्नु भयो । साकोसहरुलाई सुरक्षित र दिगो बनाउन गुणस्तर सुनिश्चितता कार्यक्रममा अनिवार्य सहभागी हुनु पर्ने बताउदै यसो गरेमा मात्र जोखिमलाई न्युनिकरण गर्न सकिने भएकोले क्षमता अुनसार सहभागी हुन समेत अनुरोध गर्नु भएको थियो । मन्तव्यको क्रममा अवको आवश्यकता नेतृत्वको साझा बुझाई सहितको ऐक्यवद्धता हो र सो को कार्यान्वयन साकोस अभियानबाट पूर्ण रुपमा हुनु पर्ने भएकोले सबैले कार्यान्वयन गर्नु पर्ने बताउनु भएको थियो ।

सो अवसरमा नेफ्स्कून कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले जिल्ला बचत संघको नव निर्वाचित समितिलाई बधाई एवम् सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

अन्तक्रिया कार्यक्रमको समापन मन्तव्यको क्रममा नेफ्स्कून सञ्चालक गोमा नेपालले साकोस अभियानमा हाल देखिएका समस्याहरुको चर्चा गर्दै साकोस अभियानमा भएका राम्रा विषय एवम् पक्षलाई सदस्य माझ पुर्याउनु पर्ने बताउदै नियामक निकायमा क्षमता विकासको आवश्यकता भएको र सो नेफ्स्कूनले विकास गरी कार्यान्वयनमा ल्याइसकेको आधारशिला कार्यक्रम संखुवासभा जिल्लाका सबै पालिकाहरुमा समन्वय गर्न समेत अनुरोध गर्नु भयो । उत्साजनक उपस्थितिको लागि साकोस अभियान कर्मीहरुलाई हार्दिक धन्यवाद एवम् थप सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप