दार्चुलामा सदस्यसँग नेफ्स्कून कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दार्चुलामा सदस्यसँग नेफ्स्कून कार्यक्रम

सुदूरपश्चिमको दार्चुलामा बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरुसँग नेफ्स्कूनले साक्षात्कार गरेको  छ । संघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक माधव प्रसाद जोशी र सहकारी महासंघका सञ्चालक पद्मा गुरुङ सहितको टोलीले दार्चुला जिल्लाको सदरमुकाम खलंगामा श्रावण १९ गते सदस्य संघसंस्थाका प्रतिनिधिहरुसँग साक्षात्कार कार्यक्रम गरेको हो । 

सो अवसरमा साकोसका प्रतिनिधिहरुले सहकारीका वर्तमान समस्या र चुनौती एवं नेफ्स्कूनले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा सुझाव तथा जिज्ञासा राख्नु भएको थियो । यसैगरी, संघको तर्फबाट सञ्चालक माधव प्रसाद जोशीले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो भने कोषाध्यक्ष दिपक पनेरुले वर्तमान अवस्थामा साकोसको दायित्व तथा जिल्ला बचत संघले खेल्नुपर्ने भूमिकाको बारेमा प्रष्ट पार्नु भएको थियो । 

संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहभागीहरुले राख्नु भएको जिज्ञासाको जवाफ दिनुका साथै नेफ्स्कूनले वर्तमान अवस्थामा साकोस अभियान प्रवर्धनका  लागि चालेका कदमहरुका बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी साकोसले संघले प्रवर्धन गरेका स्तरीकरणका कार्यक्रममा सहभागी हुनु पर्ने, आन्तरिक सुशासन कायम गर्नुपर्ने तथा जिल्ला बचत संघहरुले वित्तीय ऐनको वकालत गर्नुपर्ने बताउनु भयो । दार्चुला जिल्ला बचत संघका अध्यक्ष प्रेम बल्लभ जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बैतडी जिल्ला बचत संघका अध्यक्ष शेर सिंह कार्की, सहकारी संघ दार्चुलाका सचिव श्याम सिंह सामन्त, दार्चुला जिल्ला बचत संघका लेखा सुपरीवेक्षण समिति संयोजक शुक्लावती बुढाथोकी लगायत विभिन्न १६ संघ संस्थाका ३१ जनाको सहभागिता रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप