सर्लाहीको ग्रामिण साकोस बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषमा सहभागी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाहीको ग्रामिण साकोस बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषमा सहभागी

सर्लाही । लालबन्दी नगरपालिका–१, नवलपुर, सर्लाहीमा रहेको ग्रामिण बचत तथा ऋण सहकारी संस्था लि.ले बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषमा योगदान रकम जम्मा गरेको छ । स्थिरीकरण कोष बचत तथा ऋण सहकारी अभियानलाई सम्भाबित जोखिमबाट संरक्षण गर्न र स्थायित्व दिनका लागि संस्थाहरु आफै मिलेर खडा गरिएको कोष हो । 

ग्रामिण साकोसका अध्यक्ष सुरेन्द्र विक्रम कार्की, उपाध्यक्ष कमला कुमारी उपाध्याय, सचिव श्यामबाबु कार्की, सञ्चालक सदस्यहरु पुरुषोतमहरि श्रेष्ठ, महेश्वर प्रसाद घिमिरे र व्यवस्थापक रोहित भट्टराई समेतको सहभागितामा संघका सर्लाही सदस्य सेवा कार्यालयका प्रमुख महेश बरालले कोषमा योगदान रकम जम्मा गरेको जानकारीपत्र उपलब्ध गराउनुभएको थियो । कोषमा हालसम्म २ सय ८८ संस्थाले योगदान रकम जम्मा गरेका छन् भने योगदान गर्ने संस्थाहरुको संख्या क्रमिक रुपमा बढ्दो छ । 

बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष तत्कालिन सहकारी मन्त्री शशी श्रेष्ठले २०७९ जेष्ठ २७ गते औपचारिक शुभारम्भको घोषणा गरेसँगै कार्यान्वयनमा आएको हो । स्थिरीकरण कोष बचत तथा ऋण सहकारीको योगदानमा आधारित जगेडा कोष हो । सहकारी संस्थाहरुलाई समस्याग्रस्त हुन बाट बचाउन, आर्थिक उतारचढावमा स्थिरता कायम गर्न सुरक्षा कवचको रुपमा स्थिरीकरण कोष रहेको छ । 

स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघमा रहने व्यवस्था सहकारी ऐन २०७४ को दफा १०३ को उपदफा ३ ले गरेको छ भने सहकारी नियमावलीको  नियम ७४ (२) (क) अनुसार कोष सञ्चालन समितिको अध्यक्ष नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अध्यक्ष तथा (ञ) अनुसार नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत समितिको सदस्य सचिव रहने व्यवस्था छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप