एक्सेस बागमती क्लस्टर दोस्रो समूहको ३४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस बागमती क्लस्टर दोस्रो समूहको ३४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

चरिकोट । जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. बैतेश्वर गाउँपालिका, मैनापोखरी, दोलखाको आयोजनामा एक्सेस बागमती क्लस्टर दोस्रो व्याचको ३४ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आइतबार सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष माधवप्रसाद दाहालको अध्यक्षता र बागमती प्रदेश सभा सदस्य माननीय भरतबहादुर के.सीको प्रमुख आतिथ्यता तथा दोलखा जिल्ला सहकारी संघ लि. का महासचिव कृष्ण प्रसाद दाहाल लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यशालामा दोलखा, काभ्रे, भक्तपुर, धादिङ र नवलपुर जिल्लाका १० वटा संस्थाको सहभागितामा सञ्चालन भएकोे थियो ।

प्रमुख अतिथी के.सी. ले सहकारी संस्थालाई सहकारीको मूल्य, मान्यता र सिद्धान्तमा आधारित भएर कारोबार सञ्चालन गर्ने विषयमा जोड दिनुभयो । सहकारी आधार भनेको सदस्य भएको हँुदा सदस्यहरुको विश्वास आर्जन गर्ने गरी सहकारीले काम गर्नुपर्ने विषयमा जोड दिनुभयो । त्यस्तै दोलखा सहकारी संघका महासचिव कृष्ण प्रसाद दाहालले सहकारीको छैठो सिद्धान्तले सहकारीहरु विच पारस्पारिक सहयोग हुनु आजको आवश्यकता रहेको हुदाँ यो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालाले सिकाई आदानप्रदान तथा गुणस्तर अभिवृद्धिमा सहयोग गर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी बुडोल सामुदायिक साकोस, काभ्रेपलाञ्चोक, हाम्रो जनकल्याण साकोस, दोलखा, जनकल्याण साकोस, धादिङ, किसान साकोस, नवलपुर, मनकामना साकोस, काभ्रेपलाञ्चोक, मिलिजुली कालिन्चोक साकोस, दोलखा, नवजागरण साकोस, रामेछाप, सामुहिक साकोस, भक्तपुर, शुभकामना साकोस, भक्तपुर तथा जनमुखी साकोस, दोलखाका कार्यकारी प्रमुखहरुले २०८० वैशाख देखि श्रावण सम्मको प्रगति विवरणहरु प्रस्तुतीकरण गर्नुभएको थियो भने नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले नेफ्स्कूनको स्वनियमन मार्गनिर्देशन तथा साकोसको छवि अभिवृद्धिको बारेमा प्रकाश पार्नुको साथै कार्यशालको सहजीकरण गर्नुभएको थियो ।

उक्त ३४ औं कार्याशालाले सहकारी संस्थाका नीति तथा आन्तरिक कार्यविधिहरु पुनरावलोकन गर्ने, ऋण नीति अद्यावधिक गर्दा ऋण विश्लेषण विधिमा जलवायुमा पहल स्वरुप छैठौं सूचक समावेश गर्ने र साकोसहरुको छवि निर्माणको लागि सदस्यहरुसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । उक्त समुहको आगामी कार्यशाला नवजागरण साकोस, रामेछापको आयोजनामा आगामी मंसिर २४ गते हुने निर्णय भएको छ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप