सदस्य सम्मान तथा राहत कार्यक्रम सहित ईश्वर साकोसको १२औं वार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सम्मान तथा राहत कार्यक्रम सहित ईश्वर साकोसको १२औं वार्षिक साधारणसभा सम्पन्न 

मोरङ । बिराटनगर महानगरपालिका–८ मुख्य कार्यालय रहेको ईश्वर बचत तथा ऋण सहकारी संस्था लि.१२औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्यता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) की सञ्चालक गोमा नेपालको विशिष्ट आतिथ्यतामा भएको थियो । 

साकोसका अध्यक्ष धर्मलाल सिंह कोइरीको अध्यक्षतामा आयोजित साधारणसभाको कार्यक्रम सञ्चालन संस्थाका सचिव लालबहादुर अधिकारीले गर्नु भएको थियो । साधारणसभाका अवसरमा साकोसले ७० बर्ष उमेर पुगेका १५ जना जेष्ठ सदस्यहरु र ३ जना उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरेको थियो । त्यसैगरि अकस्मात मृत्यु भएका ऋणी सदस्य सन्तोष कामतको ऋण मिनाहा गरि साकोसले मृतककी पत्नि राम वदन मुखिया (कामत) लाई मृत्यु संस्कारका लागि नगद रु. १९ हजार ४१३ सहयोग गरेको थियो । त्यस्तै शेयर सदस्यका आफन्तको मृत्यु भएका दुई जनालाई सदस्य राहत कोषबाट जनही रु. ८ हजार र ५ हजार रकम सहयोग गरेको थियो । 

साकोसको आर्थिक वर्ष २०७८/०७९ को आय तर्फ रु. १ करोड ५ लाख ६३ हजार ३ सय ४० पैसा ६४ र व्यय तर्फ रु. १ करोड ४२ लाख ६ हजार ८ सय ३८ पैसा २ एवम् सम्पत्ति हिसाव तर्फ रु. ११ करोड ९६ लाख २९ हजार ५ सय ५ पैसा २ मात्र वार्षिक साधारण सभामा अनुमोदनका लागि पेस गरिएको थियो । साथै चालु आ.व. २०८०/०८१ मा शेयर सदस्य संख्या १ हजार ८ सय ६२ र शेयर पुँजी रु. १ करोड ७८ लाख ६९ हजार ९ सय मात्र पुर्याउने लक्ष्य सहित सम्पत्ति रु. १३ करोड ८७ लाख २५ हजार ३ सय १३ , आम्दानी रु. १ करोड ९५ लाख ९६ हजार ८ सय १ पैसा ५२ र खर्च रु. १ करोड ६२ लाख ८१ हजार २ सय ५६ पैसा १८ गरी रु.३३ लाख १५ हजार ५ सय ४५ पैसा ३२ मात्र नाफा सहितको प्रक्षेपित हिसाव सभामा पेस गरिएको थियो । 

संस्थाले सदस्य तथा एकासगोलका परिवारको दिवंगत हुँदा मृत्यु राहत वापत रु. ५ हजार देखि २० हजारसम्म प्रदान गर्दै आइरहेकोमा चालु आ.व. २०८०/०८१ का लागि संस्थामा नियमित कारोवार गर्ने र ऋणको नियमित किस्ता भुक्तान गर्दै आईरहेका सदस्यहरुको सुरक्षालाई मध्यनजर गर्दै मृत्यु र पूर्ण तथा आंशिक अपाङ्गताको रक्षावरणका लागि संस्थाको लगानीमा रु. ५ लाखको दुर्घटना बीमा र स्वभाविक जोखिम बहनका लागि सदस्य तथा संस्थाको साझेदारीमा रु.५० हजारको म्यादी जीवन बीमा गर्ने व्यवस्था मिलाएको छ, जसका लागि सदस्यले वार्षिक रुपमा रु. २ सय मात्र वीमा शुल्क भुक्तानी गरी संस्थामा आवद्ध असल सदस्य, असल ऋणी, असल बालकर्ता, एकल महिला सदस्य, सक्रिय शेयर सदस्य, अनुशासित कर्मचारी, दश जोड दुई र एस.ई.ई. मा उत्कृष्ट ग्रेड ल्याउने सदस्यका छोराछोरीहरुलाई संस्थाको मिति २०८० फागुन २२ गते आयोजना हुने ११ औं वार्षिक उत्सवका दिन सम्मान तथा पुरस्कृत हुने व्यक्तिहरुको विवरण साधारणसभामा प्रस्तुत गरिएको संस्थाका व्यवस्थापक बल बहादुर घिमिरेले बताउनु भयो। बिराटनगर महानगरपालिका, कटहरी गाँउपालिका, जहदा गाँउपालिका र ग्रामथान गाँउपालिकामा कटहरी तथा मिलनचोक गरी दुई सेवाकेन्द्र सहित चार वटा स्थानीय तहमा सेवा सञ्चालन गरेको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशको नियमनमा रहेको ईश्वर बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चितता सम्बन्धी कार्यक्रम प्रोवेसनमा आवद्ध रहेको सदस्य संस्था हो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप