नेफ्स्कूनका अध्यक्ष र पूर्व अध्यक्ष प्रधानाङ्गबिच शुभकामना आदानप्रदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका अध्यक्ष र पूर्व अध्यक्ष प्रधानाङ्गबिच शुभकामना आदानप्रदान 

काठमाडौं । नेफ्स्कूनका पूर्वअध्यक्ष कैलाशभक्त प्रधानाङ्गले संघका अध्यक्ष परितोष पौड्याल र नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटालाई बधाई तथा शुभकामना दिनुभएको छ । संघ ३६औं बर्ष प्रवेश गरेको सुखद उपलक्ष्य र सापकोटा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको प्रति खुसी व्यक्त गर्दै पूर्व अध्यक्ष प्रधानाङ्गले बचत तथा ऋण सहकारी अभियानको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो । यससँगै पूर्व अध्यक्ष प्रधानाङ्गले नेतृत्व प्रदान गरिरहनुभएको प्रारम्भिक संस्था सहयोगी बचत तथा ऋण सहकारी संस्थाको भाद्र १९ गते सम्पन्न ३२औं बार्षिक साधारणसभाको खुसीयाली समेत संघका अध्यक्षसमक्ष साट्नुभएको थियो । करिब डेढ दशक नेफ्स्कूनको नेतृत्वमा रहेर बचत तथा ऋण सहकारी अभियानको विकास र प्रवर्धनमा अहोरात्र खटिनुभएका प्रधानाङ्ग सहकारी अभियानको जीवन्त इतिहास हुनुहुन्छ । 

मध्यपुर थिमि नगरपालिकामा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को ३२औं बार्षिक साधारणसभा भाद्र १९ गते सम्पन्न भएको हो । साकोसका अध्यक्ष  कैलाशभक्त प्रधानाङ्गको अध्यक्षतामा आयोजित सभाको उद्घाटन मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले गर्नुभएको थियो । 

सूर्यविनायक, चागुँनारायण र मध्यपूर थिमि नगरपालिका कार्यक्षेत्र रहेको संस्थामा प्रधानाङ्गको नेतृत्वमा ७ सदस्यीय सञ्चालक समिति, उषा प्रजापतिको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति छ भने ३ जना कर्मचारी छन् । 

सहकारीको अपरिहार्यताः इमान्दारिता र पारदर्शिता भन्ने मुल मन्त्र बोकेको संस्था २०४८ सालमा संघ संस्था ऐन २०३४ बमोजिम आत्मनिर्भर संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको थियो । पछि २०५० साल असार २३ गते जिल्ला सहकारी कार्यालय भक्तपुरमा दर्ता भएको थियो । 

हाल ३१५ सदस्य रहेको संस्थामा ४८ लाख १७ हजार ५ सय शेयर पुँजी, ७ करोड ४८ लाख बढी निक्षेप संकलन रहेको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कार्यक्रमहरु मध्ये सबैभन्दा महत्वपूर्ण कार्यक्रम नियमित बचतको कार्यक्रम रहेको अध्यक्ष प्रधानाङ्ग बताउनुहुन्छ । आ.व. २०७९/०८० मा नियमित बचत संकलन रु. २३ लाख २७ हजार ५४ रुपैंया भएको थियो भने बचत फिर्ता जम्मा रु. १६ लाख ५ हजार १२५ भएको संस्थाले जनाएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप